मंगलबार, जेठ १
१०:२५

मकवानपुरका सहकारी प्रतिनिधिहरुका लागि वित्तीय साक्षरता प्रशिक्षण सञ्चालन

बुधबार, असार १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

हेटौंडा। मकवानपुरमा सहकारीकर्मीहरुका लागि वित्तीय साक्षरता तालिम प्रदान गरिएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक सहकार्यमा मकवानपुरका सहकारीकर्मीहरुका लागि असार १० देखि १२ गतेसम्म तीन दिवसीय वित्तीय साक्षरता तालिम प्रदान गरिएको हो । 

तालिमको मुख्य उद्देश्य संस्थाका पदाधिकारीहरु र व्यवस्थापनलाई  वित्तीय साक्षरता सम्बन्धी विषयवस्तुहरुमा प्रशिक्षण गराई आवश्यक पर्ने ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउनु रहेको जिल्ला बचत संघ मकवानपुरले जनाएको छ । तालिमबाट संस्थाले आगामी आर्थिक वर्षमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम राखि सदस्यहरुलाई प्रशिक्षण गराउनु सक्षम हुन्छन् भन्ने विश्वास लिइएको छ । तालिमले शेयर सदस्यहरुलाई पारिवारिक बजेट निर्माण गर्न, व्यक्तिगत वित्तीय व्यवस्थापन गर्न, ऋण जोखिम विश्लेषण र व्यवस्थापन गर्न, दिर्घकालिन बचत तथा लगानी उपाय सिकाउन सहजीकरण गरेको छ । साक्षरता कार्यक्रम मार्फत वित्तीय तनाव कम गर्ने र दिर्घकालिन रुपमा वित्तीय स्थिरता प्रदान गरि सदस्यहरुलाई आर्थिक रुपमा स्वतन्त्र बनाउनु तालिमको उद्देश्य रहेको थियो ।

तीन दिवसीय तालिमको सहजकिरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो । उक्त तालिममा संघका सदस्य संस्था मध्ये २३ वटा साकोसहरु र गैर सदस्य संस्थाबाट १ वटा कृषि सहकारी संस्था गरि जम्मा २६ जना प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।

समापन सत्र सञ्चालन जिल्ला बचत संघका कार्यक्रम संयोजक सुनिल भ्लोनले गर्नुभएको थियो भने सभाअध्यक्षता जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरका सचिव विरेन्द्र प्रसाद ढुङ्गानाले गर्नुभएको थियो । संघको तर्फबाट सञ्चालक सदस्य, पूर्वी क्षेत्र उपसमिति सदस्य एंव व्यवस्थापकको उपस्थिती रहेको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र