मंगलबार, जेठ १
०५:०६

बागमती प्रोस्कूनद्वारा सहकारीमा 'सञ्जाल सहकार्य र व्यवस्थापन आजको आवश्यकता' विषयक अन्तरक्रिया 

मंगलबार, असार १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) ले ‘सञ्जाल सहकार्य र व्यवस्थापन आजको आवश्यकता’ विषयक अन्तरक्रिया सोमबार सम्पन्न गरेको छ । बागमती प्रदेश भित्रका बचत तथा ऋण सहकारी संघहरुको सञ्जाल व्यवस्थापन  र सञ्जाल सहकार्य सम्बन्धी साझा धारणा बनाउने उद्देश्यले अन्तरक्रिया आयोजना गरेको हो । गोष्ठीमा बागमती प्रदेशका १२ जिल्ला बचत तथा ऋण सहकारी संघको सहभागिता रहेको थियो ।

बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सञ्चालित गोष्ठीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारीमा सञ्जाल व्यवस्थापन र सहकार्यको महत्वको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । 

बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले बागमती प्रदेशमा सञ्जाल सहकार्य र सञ्जाल व्यवस्थापनको विषयमा निर्धारण गरेको संरचना र सो मार्फत बचत तथा ऋण सहकारीको उदाहरणीय व्यवस्थापनमा संघको परिकल्पनाको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

संघका महासचिव जिवसराज खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष कल्पना श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । बागमती प्रोस्कूनले कल्पना गरेको सञ्जाल व्यवस्थापन र सञ्जाल सहकार्यका विषयमा सहभागीहरुबीच खुल्ला छलफल समेत गरेको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र