मंगलबार, जेठ १
१२:५५

भेरीगंगा नगरपालिकामा सञ्चालित सहकारीहरुका लागि सहकारी व्यवस्थापन तालिम प्रदान

मंगलबार, असार १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुर्खेत । भेरीगंगा नगरपालिकामा सञ्चालित सहकारीहरुका लागि सहकारी व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ । भेरीगंगा नगरपालिकाको सहयोग र नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतको आयोजनामा असार ११ र १२ गते सञ्चालित दुई दिवसीय तालिममा ३६ जना साकोस प्रतिनिधिहरुको सहभागिता रहेको छ । नगरपालिकाको छिन्छुमा आयोजित तालिममा नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतका उपसमिति सदस्य भुपेन्द्र बहादुर सिंहको अध्यक्षता र नगर प्रमुख यज्ञ प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । उद्घाटन सत्रमा विशेष अतिथिका रुपमा भेरीगंगा नगरपालिकाका उपप्रमुख धनसरा बोहरा र अतिथिका रुपमा सहकारी शाखा प्रमुख चित्रा कुमारी डाँगीको उपस्थिति थियो । 

प्रमुख अतिथि यज्ञप्रसाद ढकालले भेरीगंगा नगरपालिकाका सहकारीलाई व्यवस्थित बनाई नीति, विधि र प्रविधिमैत्री बनाउनका लागि भेरीगंगा नगरपालिकाले सहकारीको व्यवस्थापन तथा प्रवर्धन कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनु भयो । भेरीगंगा नगरपालिका भित्रका सम्पूर्ण प्रकृतिका सहकारी संस्थाहरुको स्थलगत निरीक्षण गरी संस्थाको अवस्था पत्ता लगाउने काम सकिएकोले अव सक्रिय रहेका सहकारी संस्थाहरुलाई व्यवस्थित बनाउन र विभिन्न किसिमका कार्यक्रममा जोड्नका लागि सहज हुने बताउनु भयो । 

नरपालिकाका सहकारी शाखा प्रमुख चित्रा कुमारी डाँगीले उपस्थित सहभागिहरुलाई स्वागत मन्तव्य राख्दै सहकारीको वर्तमान अवस्था र चुनौतिको बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँले सहभागी साकोसहरुलाई  समयमा नै सहकारी शाखामा मासिक अनिवार्य रुपमा प्रतिवेदन बुझाउन अनुरोध गर्नुभएको थियो । सहकारीलाई नीति, विधि र प्रविधिमा सञ्चालन गर्नका लागि व्यवस्थापकले सक्रिय रुपमा भूमिका निर्वाह गर्नु पर्नेमा उहाँले जोड दिनुभएको थियो ।  

विशेष अतिथि नगर उपप्रमुख धनसरा बोहराले सहकारी प्रति नागरिकको नकारात्मक धारणा रहेकोले सहकारीलाई विश्वनीय संस्थाको रुपमा स्थापित गर्नका लागि अथक प्रयास र सदस्यको मनजित्ने किसिमले काम गर्नु पर्ने बताउनु भयो । भेरीगंगा नगरपालिकाको कार्यक्षेत्र भित्रका सहकारीहरुलाई व्यवस्थित बनाउन, सहकारीको व्यवस्थापन र प्रवद्र्धनका लागि नगरपालिका सधै तम्तयार रहेको उहाँले व्यक्त गर्नुभयो ।  

कार्यक्रममा सभाध्यक्ष तथा उपसमितिका सदस्य भुपेन्द्र बहादुर सिंहले सहकारी संस्थामा व्यवस्थापक भनेको सहकारीको मुटुको रुपमा रहेको बताउनु भयो । जव मुटु राम्रोसँग चल्दैन तव मानिस स्वस्थ रहदैन । त्यसैगरी सहकारी संस्थामा पनि व्यवस्थापकले राम्रोसँग बुझेर काम गर्नु पर्ने र सबै कुरामा अद्यावधिक हुनु पर्ने जानकारी गराउनु भयो । 

तालिम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले गर्नुभएको छ । कार्यक्रमको सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतका ईन्चार्ज चन्द्रदेव जोशीले र आवश्यक व्यवस्थापन सदस्य सेवा कार्यालयका व्यवसाय सहायक मदन कुमार चन्दले गर्नु भएको छ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र