बुधबार, जेठ २
१२:१२

प्रोबेसन मेची कोशी तेस्रो क्लष्टरको पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

सोमबार, असार ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

झापा । प्रोबेसन मेची कोशी तेस्रो क्लष्टरको पाँचौ  कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला असार १० गते सम्पन्न भएको छ । 

झापाको विर्तामोड अवस्थित स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा व्यवस्थापनमा क्लष्टरमा आवद्ध ८ वटा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीले गर्नुभएको थियो । 

सञ्चालक अधिकारीले नेफ्स्कूनको स्तरिकरण कार्यक्रमले संस्थाको वित्तीय सुशासन र व्यवस्थापनको पक्षमा सुधारका लागि निरन्तर लाग्न अभिप्रेरित गरिरहेको जानकारी गराउदै स्थिरीकरण कोषको महत्वको बारेमा प्रष्ट पार्नुभएको थियो । वर्तमान समयमा नेफ्स्कूनले साकोस अभियानका लागि गरेको योगदान यस मार्गमा लागिरहन र प्रोबेसन कार्यक्रमले सहजिकरण गर्ने पर्ल्स र हिमालका सूचकहरुमा सुधार गरी संस्थाहरुलाई सुरक्षित र सुव्यवस्थित बनाउन समेत आग्रह गर्नुभयो । 

कार्यक्रमको सहजिकरण नेफ्स्कूनका सहायक कार्यकारी  अधिकृत गणेशप्रसाद तिमल्सिनाले सुरक्षित ऋण परिचालन  र कार्यक्रम अधिकृत पवन घिमिरेले  संस्थाका व्यवस्थापकहरुले प्रस्तुत गर्नुभएको पर्ल्स र हिमालका सूचकहरुमाथि सुझाव दिनुभएको थियो । 

कार्यक्रमको सञ्चालन आयोजक स्वरोजगार भवानी  साकोसका सचिव मनोज भट्टराईले गर्नुभएको थियो भने ७ वटा साकोसका २५  जना व्यवस्थापक र सञ्चालक, लेखा समिति सहितका सदस्यहरुको उपस्थिति रहेको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र