बुधबार, जेठ २
०४:००

दाङको घोराहीमा बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सञ्चालन

आईतबार, असार १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दाङ । दाङमा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सञ्चालन भएको छ । नेफ्स्कून दाङ सदस्य सेवा कार्यालयको आयोजनामा असार ९ र १० गते दुई दिने बचत तथा ऋण सहकारी संस्थाहरुको बजार प्रतितिधिहरुका लागि क्षमता विकास तलिम सञ्चालन गरिएको हो । 

नेफ्स्कून, दाङ सदस्य सेवा कार्यालयले आयोजना गरेको दुई दिने तालिममा नेफ्स्कून सदस्य सेवा कार्यालय दाङका उप समिति सदस्य भरत बहादुर बुढाथोकीको अध्यक्षता, दाङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिमल अधिकारीको प्रमुख आतिथ्यता र नेफ्स्कून सदस्य सेवा कार्यालयका उपसमिति सदस्य शिवध्वज मल्लको आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि अधिकारीले बचत तथा ऋण सहकारीले सहकारीका मालिक रहेका सदस्यसँग वित्तीय तथा गैरवित्तीय कारोबार गर्ने भएकोले सदस्यसँगको सम्बन्ध विस्तारमा बजार प्रतिनिधिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । सहकारीले बजार प्रतिनिधिहरुलाई दक्ष र क्षमतावान बनाउन तालिम उपयोगिताको सम्बन्धमा प्रकाश पार्नुभयो । 

कार्यक्रममा अध्यक्ष भरत बुढाथोकीले बजार प्रतिनिधिहरुले सदस्यलाई संस्थासँग नियमित रुपमा जोड्ने, सम्पर्कमा राखिरहने र सदस्यहरुमा सूचना प्रवाह गर्ने देखि लिएर सदस्यको अवस्थाका बारेमा समेत जानकारी गराउने भएकोले बजारप्रतिनिधिहरुलाई त्यस कार्यमा दक्ष बनाउन तालिम प्रदान गरिएको जानकारी गराउँदै सम्पूर्ण सहभागिहरुलाई सक्रियरुपमा सहभागी भएर ज्ञान हासिल गर्न अनुरोध गर्नुभयो ।

तालिममा दाङ, प्यूठान, रोल्पा र सल्यान जिल्लाका विभिन्न बचत तथा ऋण सहकारीबाट ३० जनाको सहभागिता रहेको थियो । तालिममा मुख्य प्रशिक्षकको रुपमा नेफ्स्कून तालिम अधिकृत कोमलराज अधिकारीले प्रशिक्षण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सदस्य सेवा कार्यालयका ईन्चार्ज बिष्णु जोशीले गर्नुभएको कार्यक्रममा ब्यवस्थापन सदस्य सेवा कार्यालय सहायक पुजा अग्रहरी र दिनेश महराले गर्नुभएको थियो ।


 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र