बुधबार, जेठ २
०५:०८

महोत्तरीको बर्दिबासमा मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सञ्चालन

शुक्रबार, असार ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बर्दिबास । महोत्तरीको बर्दिबासमा साकोसहरुबीच मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । नेफ्स्कून, रारा डिजिटल ल्याव र निसोसिस प्रा.लि.को संयुक्त पहलमा एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधिको विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सफ्टवेयर साकोस सञ्चालनमा अत्यन्त प्रभावकारी सफ्टवेयर रहने विश्वास लिइएको छ । कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाबाट १५० जनाको सहभागिता रहेको थियो । 

कार्यक्रम नेफस्कूनका महासचिव दामोदर अधिकारीको अध्यक्षतामा भएको थियो । अध्यक्ष अधिकारीले बचत तथा ऋण सहकारीको क्षेत्रमा सम्पूर्ण समाधान सहितको आधुनिक नयाँ प्रविधि मिरा ईआरपीले सहकारी सञ्चालनमा चुस्तता, मितव्ययिता र प्रभावकारिता ल्याउनुको साथै सुशासन कायम गर्नमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  मिरा ईआरपी सफ्टवेयर एकिकृत साझा सञ्जालका लागि साझा प्रविधिको विकास गर्ने उद्देश्यसहित निर्माण भएकोले यसमा सम्पूर्ण साकोसहरु सहभागी भई सेवा लिन अनुरोध गर्नुभयो । 

नियोसिस टेक्नोलोजि प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत डा.भोज राज घिमिरे र रारा डिजिटल ल्यावका प्रवन्ध निर्देशक मनोज घिमिरेले मिरा इआरपी सफ्टवेयरको विशेषता, एकीकृत प्रविधि प्रयोगको फाइदा र फिचरहरु सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक हरेराम पटेल, पर्सा बचत संघका अध्यक्ष राजेश पंडित, बारा बचत संघका अध्यक्ष सतेन्द्र ठाकुर, रौतहट जिल्ला बचत संघका अध्यक्ष देवकी नेपाल, सप्तरी बचत संघका अध्यक्ष भावना चौधरी लगायत स्थानीय सहकारी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 


 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र