मंगलबार, जेठ १
०२:४२

मोरङमा मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सम्पन्न  

शुक्रबार, असार ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मोरङ । सुनसरी, उदयपुर, धनकुटा, मोरङ लगायतका जिल्लाका साकोस अभियानता एवम् कार्यान्वयन अधिकारीहरु वीचमा मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण असार ७ गते मोरङको सुन्दरहरैँचामा सम्पन्न भएको छ । नेफ्स्कून र रारा ल्याबस् को संयुक्त लगानीमा नियोसिस टेक्नोलोजि प्रा. लि. को निर्माणमा एकिकृत साकोस सञ्जालका लागि साझा प्रविधिको कार्यान्वयन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको मिरा ईआरपी सफ्टवेयर साकोस अभियानमा कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ । अभियानको साझा प्रविधि सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा ११८ जनाको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नु भएको थियो भने कोशी प्रदेश सहकारी संघ, कोशी प्रदेश बचत संघ, जिल्ला सहकारी संघ, जिल्ला बचत संघहरुबाट र नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु लगायत विशिष्ट व्यक्तित्वहरुले अतिथ्यता गर्नु भएको थियो । साकोसहरुबाट अध्यक्ष एवम् प्रतिनिधिहरु र जिल्ला बचत संघ एवम् साकोसहरुबाट व्यवस्थापकहरुलाई नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य एवम् किसानकल्याण साकोसका अध्यक्ष सालिकराम ढकालले स्वागत गर्नु हुदै कार्यक्रमको औचित्य बारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सभाध्यक्ष एवम् नेफ्स्कून महासचिव दामोदर अधिकारीले साकोस अभियान भित्र प्रविधिमा देखिएको अभावलाई लामो छलफल र कोशिश मार्फत मिरा ईआरपी ल्याएको हुदा पूर्ण समाधन दिनु पर्ने बताउनु भयो । मिरा ईआरपी मार्फत साकोस अभियानले राज्यमा पुर्याएको योगदान समेतलाई तथ्यांकको माध्यमबाट सरकार समक्ष प्रस्तुत गर्न सहज हुने विश्वास व्यक्त गर्नु भयो । एकिकृत सञ्जालका लागि साझा प्रविधिको विकास गरी एकरुपता सहितको कार्यान्वयन गर्ने उद्देश्य सहित मिरा ईआरपी बनाइएको हुनाले साकोस अभियानले सल्लाह सुझाव सहित प्रयोग गर्न अनुरोध गर्नु भयो ।

रारा ल्याब प्रा.लि. का प्रबन्ध निर्देशक मनोज घिमिरे र नियोसिस टेक्नोलोजि प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत डा. भोजराज घिमिरेले मिरा ईआरपीमा भएका फिचर एवम् सुविधाहरुबारे प्रष्ट पार्दै एकिकृत प्रविधि प्रयोगको फाइदा, सुरक्षा, लागत, लगायतका विषय समेटिएको प्रस्तुतीकरण गर्नु भएको थियो ।

प्रस्तुतीकरण पश्चात महालक्ष्मी साकोस मोरङका व्यवस्थापक विशाल खड्का, जागरुक साकोस मोरङको व्यवस्थावक र सचिव क्रमशः दामोदर निरौला र उमेश गुरुङ, कनकलक्ष्मी साकोस मोरङका कोषाध्यक्ष फणिन्द्र पौडेल, शान्तिनगर नारी साकोस सुनसरीका व्यवस्थापक करण सिवा, नवयुग साकोस मोरङका व्यवस्थापक सुमन ढकाल लगायतले जिज्ञासा, सल्लाह, सुझाव राख्नु भएको थियो भने सोबारे प्रस्तुतकर्ताहरु बाट जिज्ञासाको सम्बोधन गदैै सल्लाह, सुझावलाई सबै पक्षसँगको छलफलबाट सम्बोधन गर्ने प्रविबद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन नेफ्स्कून सञ्चालक एवम् सुनसरी सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालले गर्नु भएको थियो भने व्यवस्थापन सुनसरी सदस्य सेवा कार्यालय इटहरी, सुनसरी साथै लेटाङ सेवा केन्द्र र विराटनगर सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुले गर्नु भएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र