बिहीबार, जेठ ३
०३:१०

साजिलो साकोसको निशुल्क स्वास्थ्य शिविर सञ्चालन

बुधबार, असार ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भरतपुर । पश्चिम चितवनको बजार उन्मुख क्षेत्र रहेको भरतपुर–२३, कृष्णचोकमा अवस्थित सजिलो बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थाको बाह्रौं स्थापना दिवसको अवसारमा तय गरीएको सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन नि–शुल्क खुल्ला स्वास्थ्य शिविर जगतपुर स्वास्थ्य संस्थामा सम्पन्न गरेको छ ।

शिविर सञ्चालनमा पुष्पाञ्जली हस्पिटलको प्राविधिक सहयोग रहेको थियो । शिविरमा २ सय ५२ जना सर्वसाधरणले स्वास्थ्य परीक्षण गरेका थिए । सो मध्ये १ सय १५ जनाले आँखा परिक्षण, ३२ जनाले दन्त परिक्षण र अन्यले जनरल ओ.पि.डि., स्त्रीरोग तथा प्रसुती, नाक कान घाँटी, हाडजोर्नी र बालरोग परिक्षण गराएका थिए भने थप १ सय २७ जनाले निशुल्क सुगर परिक्षण गरेको साकोसका व्यवस्थापक सुरेश पौडेलले जानकारी गराउनुभयो । स्वास्थ्य परीक्षण पश्चात विरामीहरुका लागि आवश्यक औषधि समेत निशुल्क वितरण गरिएको थियो । 

सो कार्यक्रम संस्थाका अध्यक्ष देविलाल गौतमको अध्यक्षता र फिजिसियन डा. भोजराज अधिकारीको प्रमुख आथित्यतामा भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि डा. भोजराज अधिकारीले सजिलो र पुष्पाञ्जली हस्पिटलको सहकार्य आगमी दिनमा पनि रहने र यस सजिलो साकोसमा सदस्य हुने सदस्यलाई हस्पिटलबाट हुने उपचार खर्चमा २० देखि २५ प्रतिशत सम्म छुटको सम्झौता गर्ने जानकारी गराउनुभयो । 

कार्यक्रमको संयोजन लिलानाथ देवकोटा लगायत प्रकाश पुडासैनी, कुल बहादुर बस्नेत, भिमसेन महत र अन्जु ओलि देवकोटाले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव कर्ण बहादुर विश्वकर्माले गर्नु भएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र