बुधबार, जेठ २
०९:२१

साकोसहरुका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन

मंगलबार, असार ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मोरङ । मोरङमा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम प्रदान गरिएको छ । नेफ्स्कूनको झापा सदस्य सेवा कार्यालय दमकको आयोजनामा मोरङको दुर्गापुरिमा असार ३ र ४ गते सञ्चालित उक्त तालिममा विभिन्न १५ वटा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, उपसमिति एवम व्यवस्थापनबाट गरि ३० जनाको उपस्थिति रहेको थियो ।

तालिमको उद्घाटन सत्र नेफ्स्कूनका सञ्चालक एवम् झापा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक घनश्याम अधिकारीको अध्यक्षतामा भएको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेफ्स्कूनकी सञ्चालन गोमा नेपालले सुरक्षित ऋण लगानी साकोसको सबैभन्दा महत्वपूर्ण पाटो भएकोले यस तालिमबाट उपयुक्त सिकाई ग्रहण गरि सदस्यको बचतको सुरक्षित ठाउँमा लगानी र जोखिमको व्यवस्थापनमा ध्यान दिन अनुरोध गर्नुभयो । 

सञ्चालक घनश्याम अधिकारीले सुरक्षित साकोस निर्माणका लागि नेफ्स्कूनको सञ्चालन गरेको स्तरीकरण कार्यक्रम र अभियानको सुरक्षा कवचको रुपमा रहेको स्थिरीकरण कोषमा सहभागी भई सुरक्षित र दिगो अभियान निर्माणमा लाग्न सम्पूर्ण साकोसहरुलाई अनुरोध गर्नुभयो । सबल सहकारी निर्माणमा साकोसका सञ्चालक समिति, उपसमिति र कर्मचारी सम्पूर्णको सामुहिक पहलकदमीबाट मात्र सम्भव हुने र दिगो संस्थागत विकास हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । 

तालिमको सहजीकरण सुनसरी सदस्य सेवा कार्यालयका अनुगमन अधिकृत सौभाग्य भट्टराईले र कार्यक्रम सञ्चालन झापा सदस्य सेवा कार्यालयका व्यवसाय अधिकृत मुकेश दाहालले गर्नुभएको थियो ।

तालिमको दोस्रो दिन सपानका अवसरमा सञ्चालक गोमा नेपालले सहभागीहरुलाई तालिम प्रमाणपत्र प्रदान गर्दै दुई दिनको तालिमबाट प्राप्त सिकाईलाई साकोसमा अवलम्बन गर्न अनुरोध गर्नुभयो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र