बुधबार, जेठ २
०७:०१

आयकरको दरमा भएको बृद्धि फिर्ताको माग सहित नेफ्स्कूनले बुझायो सहकारी मन्त्रीलाई ज्ञापनपत्र 

आईतबार, जेठ २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सहकारीको आयकर दर बृद्धि फिर्ताको माग सहित नेफ्स्कूनले सहकारी मन्त्री रन्जिता श्रेष्ठ चौधरीलाई ज्ञापनपत्र बुझाएको छ । आज मन्त्रालयमा आयोजित एक संक्षिप्त भेटका क्रममा संघका अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋण सहकारीको आयकरको दर बृद्धिप्रति असहमति जनाउँदै सहकारी ऐन, २०७४ बमोजिमकै व्यवस्था अविलम्ब कायम गर्न माग गर्नुभएको हो । 

साविकको ५, ७ र १० प्रतिशत आयकर व्यवस्थामा शतप्रतिशत बृद्धि गरि सरकारले नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारीलाई १० प्रतिशत, उपमहानगरपालिका भित्रका सहकारीका लागि १५ प्रतिशत र महानगरपालिका भित्रका सहकारीलाई २० प्रतिशत आयकर निर्धारण गरिएको प्रति आपत्ति जनाउँदै संघले सहकारी ऐन, ०७४ बमोजिमकै व्यवस्था कायम गर्न माग गरेको हो । 

अध्यक्ष पौड्यालले सहकारी ऐनमा भएको व्यवस्था विपरित समग्र अभियानलाई नै धरासायी बनाउने गरी निर्धारण गरिएको आयकर अविलम्ब संशोधन गरी साविक बमोजिम कायम गर्न र सहकारीमा आवद्ध सदस्यको बचतमा प्राप्त गर्ने व्याजकर समेत साविक बमोजिम कायम गरी बचत ऋण सहकारी अभियानको पुनरोत्थानका लागि राहत प्याकेज समेत घोषणा गर्न बचत तथा ऋण सहकारीको केन्द्रीय संघ, प्रदेश बचत संघ र जिल्ला बचत संघहरुको तर्फबाट जोडदार माग गर्नुभएको हो । 

सहकारी ऐन, २०७४ मा नगरपालिका क्षेत्र भित्र सञ्चालित सहकारीलाई ५ प्रतिशत, उप–महानगरपालिमा ७ प्रतिशत र महानगरपालिकामा १० प्रतिशत आयकर लाग्ने व्यवस्था भएकोमा सरकारले आर्थिक वर्ष २०८०/'०८१ को बजेट मार्फत करको दरमा हेरफेर गरेको हो । संघले आजै सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेलाई पनि सो ज्ञापनपत्र बुझाएको थियो । 

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र