बुधबार, जेठ २
०५:२१

धादिङ साकोस शिखर गोष्ठी २०८० सम्पन्न, स्वनियमन र सुशासन सहितको प्रविधिमैत्री सहकारी निर्माणमा जोड

आईतबार, जेठ २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

धादिङ । धादिङ बचत तथा ऋण सहकारी संघ लि. ले १२ बुँदे प्रतिवद्धतापत्र जारी गर्दै धादिङ साकोस शिखर गोष्ठी– २०८० सम्पन्न गरेको छ । जेठ २७ गते किक रिसोर्ट धादिङवेसीमा आयोजित धादिङ साकोस शिखर गोष्ठी संघको आयोजना र नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा भएको थियो । ’स्वनियमन र सुशासन सहितको प्रविधिमैत्री सहकारी“ भन्ने मूलभावका साथ सम्पन्न एव दिवसीय गोष्ठीले जिल्लाको साकोस अभियानलाई सशक्त, सञ्जालिकृत र गुणात्मक बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजक संघको रहेको छ । 

गोष्ठी धादिङ बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष नवराज शर्माको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको विशिष्ट आतिथ्यतामा भएको थियो ।  वर्तमान सहकारी ऐन कार्यान्वयनको अवस्था र ऐनले समेट्न नसकेका विषयहरु उजागर गरी साकोसका सवालहरु समाधानको लागि वित्तिय सहकारी ऐनको आवश्यकता माथी साझा धारणा बनाउने उद्देश्य गोष्ठीको रहेको थियो । त्यसैगरी समुदायको विकासमा साकोसमा रहेको पूँजीलाई प्राथमिकताका साथ उपयोग गर्न स्थानीय सरकारलाई अनुरोध गर्दै संघ र स्थानीय तहहरु बीचको सम्बन्ध सुदृढ गर्ने दिशामा गोष्ठी केन्द्रीत थियो । 

गोष्ठीमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्याय र  मिलिजुलि कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले विभिन्न फरक विषयवस्तुमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

गोष्ठीमा जिल्लामा सञ्चालित प्राय सबैं बचत तथा ऋण सहकारी संस्थाबाट साकोस प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

प्रतिबद्धता पत्र 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र