बुधबार, जेठ २
११:३९

ईन्द्रेणी साकोसको सदस्य सक्षमता विकास तालिम सञ्चालन

आईतबार, जेठ २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । ईन्द्रेणी साकोस, काठमाडौंको सदस्य सक्षमता विकास तालिम सञ्चालन भएको छ । नेफ्स्कूनको प्राविधिक सहयोगमा जेष्ठ २७ र २८ गते आयोजित तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र कर्मचारी गरी जम्मा १९ जनाको सहभागिता रहेको छ । 

साकोसका अध्यक्ष गोविन्द बुढाथोकीको अध्यक्षता र नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यता कार्यक्रममा रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पनेरुले सञ्चालक समिति, उपसमिति, लेखा सुपरिवेक्षण समितिले संस्था सञ्चालनको विषय स्पष्ट रुपमा बुझेर आफ्ना साकोसका सदस्यहरुलाई बुझाउनुपर्ने बताउनुभयो । एउटा संस्थाको सञ्चालक समिति हजारौं सदस्यको प्रतिनिधि रहेको र सदस्यको बचतको सुरक्षा समितिको पहिलो कर्तव्य रहेको उहाँले बताउनुभयो । सहकारीमा  सुशासन कायम गर्नुपर्ने, सहकारीले गरेको राम्रा कामहरु वाहिर ल्याउनुपर्ने, सहकारी मार्फत सदस्य जीवनस्तरमा परिवर्तन ल्याउन सीप विकासका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने र सदस्यले म सहकारीको मालिक हुँ भन्ने महसुस गर्ने गरी संस्था सञ्चालन गर्नुपर्नेमा कोषाध्यक्ष पनेरुले जोड दिनुभएको थियो । 

कार्यक्रम संचालन संस्थाका सचिव सुमित्रा अधिकारीले र सहजीकरण नेफ्स्कून तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको छ ।

नेफ्स्कूनले आफ्ना सदस्य संस्थाहरु जसको यही वर्ष निर्वाचन भई नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गरेका साकोसहरुमा निशुल्क रुपमा सदस्य सक्षमता विकास तालिम प्रदान गर्दै आइरहेको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र