शुक्रबार, वैशाख २१
०७:३१

सहकारी प्रवर्धनका लागि आवश्यक बजेट विनियोजन गरिने : गाउँपालिका अध्यक्ष विष्ट

बिहीबार, जेठ २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दाङ्ग । जिल्लाको राप्ती गाउँपालिकाको सहयोगमा सञ्चालित आधारशिला कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया गोष्ठी बुधबार सम्पन्न भएको छ । स्थानीय तहको मातहतमा रहेका ग्रामिण र दुर्गम क्षेत्रमा सञ्चालित सहकारी संस्थाहरुको प्रभावकारी सञ्चालन, वित्तीय पहुँच अभिवृद्धि र सहकारी संस्थाहरुको दिगो संस्थागत विकास हेतुले नेफ्स्कूनद्वारा सञ्चालित आधारशिला कार्यक्रम अन्तर्गत बुधबार कार्यक्रम समिक्षा तथा अन्तरक्रिया गरिएको थियो । 

नेफ्स्कूनका सञ्चालक तथा लुम्बिनी प्रदेश संयोजक सन्दीप सापकोटाको अध्यक्षता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

गाउँपालिकाका अध्यक्ष विष्टले पालिकाभित्र सञ्चालित सहकारीहरुको स्तरोन्नती गरि सुशासन कायम गर्न, तालिम तथा शिक्षाका कार्यक्रमहरुमा जोड दिन र प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक बर्षमा आधारशिलाका कार्यक्रमका लागि विशेष बजेट व्यवस्थापन गरि कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नव बहादुर वली, गाउँपालिका अन्तर्गतका ९ वटा वडाका वडा अध्यक्ष, वडा सदस्य, गाउँपालिकाका आर्थिक शाखा प्रमुख जिवराज पौडेल, सहकारी शाखा प्रमुख शेर बहादुर हमाल लगायत विभिन्न सहकारी संघ÷संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

राप्ती गाउँपालिका भित्र सञ्चालित ३२ सहकारीमध्ये २६ सहकारी क्रियाशिल अवस्थामा रहेको अनुगमनका क्रममा भेटिएको छ । आधारशिला कार्यक्रम अन्तर्गत तालिम तथा शिक्षाका कार्यक्रमहरु, प्रविधि विकास तथा नियमित रुपमा कोपोमिसमा डाटा प्रविष्टि लगायतका कार्यक्रमहरु गरिएको छ भने गाउँपालिका र नेफ्स्कूनका कर्मचारीद्वारा संयुक्त रुपमा सहकारीहरुको अनुगमन तथा निरिक्षणको काम भएका छन् ।

र्यक्रममा सहकारी सम्बन्धी प्रस्तुतीकरण नेफ्स्कूनका अनुगमन अधिकृत पवन जंग मल्लले, कार्यक्रम सञ्चालन दाङ्ग सदस्य सेवा कार्यालयका ईन्चार्ज बिष्णु जोशीले र व्यवस्थापन सूचना प्राविधिक बम बहादुर पुन मगरले गर्नु भएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र