शनिबार, वैशाख १५
१२:५९

म्याग्दीमा साकोसहरुका लागि ऋण असुली तथा धितो लिलामको कानुनी प्रक्रिया सम्बन्धी तालिम सञ्चालन

आईतबार, जेठ १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

म्याग्दी । साकोस म्यानेजर्स क्लब म्याग्दीको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा जेष्ठ १२ गते साकोसहरुका लागि ऋण असुली तथा धितो लिलामको कानुनी प्रक्रिया सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिम कार्यक्रमको अध्यक्षता म्यानेजर्स क्लबका अध्यक्ष प्रेमलाल कडेलले र प्रमुख आतिथ्यता नेफ्स्कूनकी सञ्चालक सदस्य कमलादेवी गिरिले गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कून सदस्य सेवा कार्यालय पोखराका व्यवस्थापन उपसमिति सदस्य रामजी प्रसाद सुवेदी, राष्ट्रिय सहकारी बैंक जिल्ला सम्पर्क समन्वय उपसमिति संयोजक रमेश गिरि, सीएमसी कास्कीका अध्यक्ष कपिल कोइराला लगायत स्थानीय सहकारीकर्मी र समन्धित व्यक्तिहरु लगायत जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, ऋण उपसमिति संयोजक र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कमलादेवी गिरीले साकोसले सुरक्षित कर्जा लगानीलाई ध्यान दिनुपर्ने बताउनुभयो । सिएमसी कास्कीका अध्यक्ष अपिल कोइरालाले बचत ऋण सहकारीका आर्थिक सुशासनका विभिन्न पाटाहरुमध्ये कर्जा लगानी अत्यन्त महत्वपूर्ण र संवेदनशील पाटो रहेको बताउनुभयो । कर्जा लगानीको प्रभावकारीतामा व्यवस्थापकीय पक्षको कार्यदक्षताको प्रभाव रहने उहाँले स्पष्ट पार्नुभयो । त्यसैगरि कार्यक्रममा पश्चिम नेपाल साकोसका उपाध्यक्ष हरि पौडेल, उपसमिति सदस्य रामजी प्रसाद सुवेदी, रमेश गिरी लगायतले तालिम सफलताको शुभकामना व्यक्त गर्दै ऋण असुली तथा धितो लिलामको कानुनी प्रक्रिया सम्बन्धमा सञ्चालक समिति र व्यवस्थापन दुवैनै अत्यन्त चनाखो र सजग भएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

एक दिवसीय उक्त तालिमको सहजीकरण नेफ्स्कूनका अन्तरलगानी अधिकृत मनोज बुढाथोकीले गर्नुभएको थियो ।  


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र