शनिबार, वैशाख १५
०४:५२

समस्यामा परेका सहकारीलाई बचत फिर्ताको समयसीमा तोक्न विभागको अनुरोध 

शुक्रबार, जेठ १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बचतकर्ताबाट नभागी निश्चित समयसीमा तोकेर बचतकर्ताको पैसा फिर्ता गर्न समस्यामा परेका सहकारीहरुलाई विभागले अनुरोध गरेको छ । विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीबाट पैसा प्राप्त गर्न बचतकर्ताले धैर्य गर्नुपर्ने र सहकारीहरुले सदस्यलाई विश्वास दिलाउन स्वेतपत्र जारी गर्नुपर्ने बताउनुभयो । संघीय सहकारी विभागले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारीका सञ्चालकले सदस्यलाई विश्वास दिलाएर मात्र बचत फिर्ताको समय तोक्न पाउने जनाएको हो । 

सहकारीलाई घरजग्गा वा सहायक कम्पनी जहाँ जुन अवस्थामा लगानी गरेको छ, स्वेतपत्रमार्फत त्यसको वास्तविकता जानकारी गराएर बचतकर्ताको पैसा फिर्ता गर्न उहाँले आग्रह गर्नुभएको हो ।

सहकारीको दायित्वको कानुनी ग्रहण नगरे वा सहकारीको सम्पत्ति बेचेर पैसा नतिरे कानुनी दायरमा ल्याउने घिमिरेले बताउनुभयो । 

सहकारीले घरजग्गा र सेयरमा गरेको कारोबारले समस्या देखिएको र सञ्चालकले बदनियत रुपमा लगानी गरेको तथा आफन्तको नाममा कम्पनी खोलेर लगानी गर्दा समस्या देखिएको भन्दै उहाँले यी सबै कुरा खुलाएर स्वेतपत्र जारी गर्न सबै सहकारी संस्थालाई आग्रह गर्नुभयो । बचतकर्ताले संस्थामा पैसा माग्न जानुअघि संस्थाको वास्तविकता थाहा पाउनुपर्ने उहाँले बताउनुभयो । 

रजिष्ट्रार घिमिरेले भन्नुभयो, “सहकारीका समस्या पहिचान, समाधान तथा सुझाव प्रदान गर्नका लागि राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा कार्यलद गठन भएको छ ।” उक्त कार्यदलमा मन्त्रालय, विभाग, सहकारी महासंघ, राष्ट्र बैक, प्रहरीको सहभागिता छ, ‘अब त्यस मार्फत पनि काम सुरु हुन्छ ।’
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र