शुक्रबार, वैशाख १४
०२:५८

मधेश प्रदेशस्तरीय साकोस व्यवस्थापन प्रमुखहरुको गोष्ठीको तयारी पुरा : साकोसको दिगोपन, पेशागत दक्षता र सुशासन मुल थिम

बिहीबार, जेठ ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । ‘साकोसको दिगोपन, पेशागत दक्षता र सुशासन’ भन्ने सोचसहित मधेश प्रदेशस्तरीय साकोस व्यवस्थापन प्रमुखहरुको गोष्ठीको तयारी पुरा भएको छ ।

गोष्ठी नेफ्स्कून साकोस म्यानेजर्स क्लब मधेश प्रदेशको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा जेष्ठ १३ गते महोत्तरीको बर्दिवासमा रहेको गौतम होटलमा  हुँदैछ ।  

सहकारीका समसामयिक समस्याहरुको विश्लेषण तथा समाधानका उपायहरु पहिल्याउने उद्देश्यसहित आयोजना हुन लागिरहेको गोष्ठीमा प्रदेशका ८ जिल्ला र सिन्धुलीको कमलामाई नगरपालिका भित्र सञ्चालित सहकारीका व्यवस्थापन प्रमुखहरु गरी करिब ३०० जनाको सहभागिता रहने जनाइएको छ । गोष्ठीको सम्पूर्ण तयारी पुरा भएको साकोस म्यानेजर्स क्लब मधेश प्रदेशका कार्यसमिति संयोजक विनोद कुमार थापाले जानकारी गराउनुभयो ।

मधेश प्रदेशमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकीय प्रमुखहरुलाई समेटी गोष्ठीको आयोजना गर्दा प्रदेशका सहकारीहरुमा सही वित्तीय व्यवस्थापन गर्न, स्वस्थ तथा सुरक्षित संस्था बनाउन र वित्तीय अनुशासन कायम गर्न सकारात्मक सन्देश प्रवाह गर्न सकिने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत एवं नेफ्स्कून साकोस म्यानेजर्स क्लबका संरक्षक प्रकाश प्रसाद पोखरेलले बताउनुभयो । 

गोष्ठीमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीबाट ‘एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि’ र पूर्व कोषाध्यक्ष केशव प्रसाद पोख्रेलबाट ‘साकोसमा वित्तीय दिगोपनका लागि जोखिम व्यवस्थापन’ विषयक कार्यपत्र प्रस्तुत हुने भएका छन् । त्यसैगरि व्यवस्थापनको पक्षबाट नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले ‘नेपालमा साकोस अभियानको विकास र चुनौति’ तथा नेफ्स्कून साकोस म्यानेजर्स क्लबका अध्यक्ष के.बीं लामाले ‘पेशागत दक्षता र व्यवस्थापनको विकास’ विषयक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

प्रदेशले पहिलो पटक आयोजना गर्न गईरहेको उक्त गोष्ठीले सहकारीका विद्यमान समस्या समाधानका लागि मार्ग प्रशस्त गर्ने विश्वास लिइएको जनाएको छ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र