शुक्रबार, वैशाख १४
०९:३०

सहकारीका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन

बुधबार, जेठ १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

पुतलीबजार । स्याङ्जामा सहकारीहरुका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम प्रदान गरिएको छ । जोखिम रहित सहकारी संस्था सञ्चालनमा जोड दिने उद्देश्यसहित सुरक्षित ऋण परिचालन र ऋणको सदुपयोगिताका लागि सदस्यहरुलाई प्रशिक्षण दिइएको थियो । 

जिल्ला बचत तथा ऋण सहकारी संघ लि.स्याङ्जाको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहजीकरणमा सञ्चालित तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी, सदस्य तथा व्यवस्थापक र कर्मचारीहरुको सहभागिता रहेको थियो । 

बचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित तालिममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, करदाता सेवा कार्यालय स्याङ्जाका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

तालिम सहजीकरण नेफ्स्कूनको पोखरा सदस्य सेवा कार्यालयका प्रमुख सुर्य प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो । संघका सञ्चालक सदस्य अमृत नेपाली थापाले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन सचिव अच्युत प्रसाद पोखरेलले गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र