सोमबार, वैशाख १७
०७:०७

भक्तपुर बचत संघद्वारा 'असल बैठक तथा निर्णय लेखन' तालिम सञ्चालन 

सोमबार, जेठ ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तीकरण उपसमितिको आयोजनामा शंखधर पार्टी प्यालेस, शंखधर चोक, भक्तपुरमा एक दिवसिय असल बैठक तथा निर्णय लेखन तालिम शनिबार सम्पन्न भएको छ । 

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा आफ्नै विनियम नै पालना नगरी अध्यक्ष नै सर्वेसर्वा भई कार्य गर्ने सहकारीहरुमा संकट आइरहेको बताउनु भयो । उहाँले सहकारीमा असल बैठकको अभ्यास नै नगरीकन व्यक्ति स्वार्थ परिपूर्ति गर्ने गरी खोलिएको सहकारीमा संकट चुलिएको बताउनुभयो । उहाँले सहकारीलाई कडा अनुगनमा राख्न नेपाल राष्ट्र बैंक अन्र्तगत राखि कार्यान्वयन गरेमा सहकारीको सिद्धान्त, स्वयत्तता र स्वतन्त्रता हनन हुने विचार राख्नु भयो ।

संघका सञ्चालक एवं उपसमितिका संयोजक कृष्णश्वरी प्रजापतिले सदस्य संस्थामा प्रभावकारी बैठक तथा निर्णय लेखन कार्यमा टेवा पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको विचार राख्नुभयो । उहाँले सहकारीमा नियमित बैठक बसी नियमसंगत निर्णयबाट मात्र संस्था प्रभावकारी सञ्चालन गर्न सकिने विचार राख्नुभयो । संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको वित्तीय अवस्थाको जानकारी गराउदैं संघमा प्रशस्त तरलता रहेको कुरा बताउनु भयो । उपसमितिका सदस्य निर्जला ढुङ्गेलले संस्थामा नियमित अभ्यास गदै आइरहेको बैठक तथा निर्णय लेखन कार्यलाई प्रभावकारी बनाउन तालिम महत्वपूर्ण रहेको बताउनुभयोे ।

तालिममा सहभागी लयप्रसाद भट्टराईले तालिम प्रभावकारी रहेको र सहभागीहरुमा उत्साह थपिएको बताउनुभयो । उपसमितिका सदस्य सुर्वण प्रभा गुरागाईले तालिम समापन समारोह संचालन गर्नुभएको थियो । तालिममा ६० जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र