सोमबार, वैशाख १७
०३:४७

स्थापना दिवसका अवसरमा नव सिद्धार्थको रक्तदान तथा स्वास्थ्य परिक्षण सेवा, ७२ यूनिट रगत संकलन

आईतबार, जेठ ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

पोखरा । नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको रक्तदान कार्यक्रममा ७२ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका वडा नं ८ वगालेटोलमा रहेको नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लि.ले २१औ स्थापना दिवस को अवसरमा रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको कार्यक्रमका संयोजक कुस्मा राणाले जानकारी दिनुभयो । 

सोहि अवसरमा आयोजित स्वास्थ्य परिक्षणमा १२५ जनाले स्वास्थ्य जाँच गराउनुभएको तथा  ४९ जनाले होल वडि चेकअप गर्नुभएको थियो ।  सहकारीको वार्षिक कार्यक्रम तथा सामाजिक उत्तरदायित्व अन्तर्गत खुल्ला रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरिएको संस्थाका व्यवस्थापक खेमराज अधिारीले  जानकारी दिनुभयो ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी स्थापना देखि निरन्तर सदस्यको हित र सामाजिक कार्यमा सक्रिय संस्था रहेको वताउदै सहकारीको वास्तविक मर्म नव सिद्धार्थले साकार पारेको भनाई रख्नुभयो । 

संस्थाका अध्यक्ष भवानी श्रेष्ठ माकाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइराला, पोखरा मनपा वडा नं ४ का जनप्रतिनिधि पार्वती माकाजु, संस्थापक अध्यक्ष शान्ता श्रेष्ठ लगायतले आआफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रम संयोजक कुस्मा राणाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा  शिक्षा उप समिति संयोजक मिरा पराजुलीले सहकारी सिद्धान्त वाचन, सचिव र सहसचिव डाल्डादेवि भुजेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र