सोमबार, वैशाख १७
०९:४३

मोरङमा साकोसहरूका लागि धितो जग्गाको नक्सा नापजाँच सम्बन्धी तालिम सञ्चालन

आईतबार, जेठ ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

जेष्ठ ६ । मोरङमा धितो जग्गाको नक्सा नापजाँच सम्बन्धी तालिम सम्पन्न भएको छ । नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा सञ्चालित तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट २९ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बचत तथा ऋण सहकारी संस्थाहरुका लागि लक्षित गरि आयोजना गरिएको उक्त तालिम उद्घाटन सत्रको अध्यक्षता जिल्ला बचत संघ मोरङका सचिव जीवन बस्नेतले गर्नुभएको थियो । 

तालिमको सहजीकरण नापी कार्यालय बेलबारीका सर्वेक्षक आकाशकुमार शाहले गर्नु भएको थियो । तालिमको पहिलो र दोश्रो सत्र नक्सा अध्ययन सम्बन्धी थियो भने तेश्रो र चौथो सत्रमा धितो जग्गाको अवस्था र नक्सामा कसरी जग्गाको क्षेत्रफल हेर्ने र जग्गाधनी पूर्जामा भएको क्षेत्रफलसँग भिडान गर्ने तथा सुरक्षित धितोका विषयमा तालिम प्रदान गरिएको थियो । 

उक्त तालिम जिल्ला बचत संघ मोरङले पहिलो पटक सञ्चालन गरेको थियो । तालिममा सहभागी प्रतिनिधिहरु सबै तालिमप्रति निकै उत्सुक र सकारात्मक देखिएका थिए । तालिम पश्चात सहभागी प्रतिनिधिहरु मध्येबाट दुई जनाले तालिमको प्रभावकारीताका विषयमा सकारात्मक बुझाइहरुबारे आफ्ना भनाई राख्नुभएको थियो । तालिम मागका आधारमा आगामी दिनमा थप तालिम आयोजना गरिने पनि संघले जनाएको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र