सोमबार, वैशाख ३१
०५:२३

कैलालीमा सहकारी क्षेत्रका चुनौती र नेतृत्वको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

शुक्रबार, जेठ ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

धनगढी । कैलालीमा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि सहकारी क्षेत्रको चुनौति र नेतृत्वको भूमिका सम्बन्धी अन्तरक्रिया सञ्चालन भएको छ । संघको कञ्चनपुर सदस्य सेवा कार्यालय र धनगढी सेवा केन्द्रको सयुक्त आयोजनामा सञ्चालित कार्यक्रम नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा, नेफ्स्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशी, जिवसराज खड्का, फिल्ड ब्यवस्थापन उप–समिति सदस्य सुरत बोगटी, जगदिस भट्ट, प्रेमलता देबी गौतम, युवा परिचालन सदस्य दिप्ती शाही, कैलाली जिल्ला बचत संघका सदस्य मनमोहन विष्ट, सि ए सी कैलालीका उपाध्यक्ष लाल बहादुर भण्डारी, अनुगमन अधिकृत दिपक अर्याल लगायत विभिन्न सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

नेफ्स्कूनका अध्यक्ष पौड्यालले सहकारी क्षेत्रका विद्यमान समस्या समाधानमा नेतृत्वको भुमिका महत्वपूर्ण भएकोले सबै सहकारी अभियानकर्मीले सहकारीको मर्म र भावना अनुरुप कार्य गर्नमा जोड दिनुभयो । उहाँले सदस्य र संस्थाबीचको सुमधुर सम्बन्धबाट मात्रै सबै समस्या हल हुन सक्ने भएकोले संस्थाले सदस्य शिक्षा र सम्बन्धमा विकासमा ध्यान दिन अनुरोध गर्नुभयो । 

नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले सहकारीको विद्यमान चुनौतिलाई सामना गर्दै दिगो र संस्थागत विकासका लागि अभियान तथा नेतृत्व वर्ग अब सचेत भएर सहकारी र सदस्यको हितका कार्यक्रममा जोडबलका साथ लाग्नुपर्ने बताउनुभयो । 

नेफ्स्कूनका सञ्चालक सदस्य माधव जोशीले देशको आर्थिक संकटको प्रभाव सबै ठाउँमा परेकोले सहकारी क्षेत्रमा पनि समस्या रहेको हो भन्ने सबैले बुझ्नुपर्ने बताउँदै संस्थाको दिगो विकासमा सदस्य र सञ्चालकबीचको सुझवुझपूर्ण कार्य अनिवार्य रहेको बताउनुभयो । 

सञ्चालक सदस्य जिवस खड्काले सहकारी ऐन भित्र रहेर नेतृत्व तथा अभियानले कार्य गनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा कञ्चनपुर र कैलाली जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ४५ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन कञ्चनपुर सदस्य सेवा कार्यालयका इन्चार्ज यम डाँगीले र व्यवस्थापन धनगढी सदस्य सेवा केन्द्रका सेवा प्रमुख योगेश बोहराले गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र