आईतबार, वैशाख ३०
०९:५८

चन्द्रागिरि साकोसका सदस्यले स्वास्थ्य उपचारमा छुट पाउने, साकोस र  गणेशमानसिंह अस्पतालबीच सम्झौता

मंगलबार, जेठ २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. का सदस्यहरुले गणेशमानसिंह अस्पतालको स्वास्थ्य उपचारमा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् । साकोस र गणेशमानसिहं मेमोरियल स्वास्थ्य सहकारी संस्था लि.द्वारा सञ्चालित गणेशमानसिहं मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. विच सदस्यहरुलाई स्वास्थ्य सेवा छुट सम्बन्धमा जेठ १ गते द्विपक्षीय सम्झौता भएको छ । 

चन्द्रागिरि साकोसका अध्यक्ष योगेन्द्रकुमार कुँवर र गणेशमानसिहं अस्पतालका अध्यक्ष  दिपक प्रकाश बास्कोटा विच भएको सम्झौता पत्र बमोजिम चन्द्रागिरि साकोसका सदस्य, सदस्यका परिवार र समुदायका गरिब तथा असाहाय व्यक्तिहरुले स्वास्थ्य सेवा छुट प्राप्त गर्ने भएका हुन् ।

त्यसैगरि  सामान्य शैया, ल्याव परीक्षण, एक्सरे एवं भिडियो एक्सरे, ईसिजिमा २० प्रतिशत र अन्य विशेष सेवाहरु जस्तै क्याबिन, आईसियु तथा आईसियु भेन्टिलेटर, अपरेशन, ईको, मेमोग्राम, ईन्डोस्कोपी र फिजियोथेरापीमा २० प्रतिशत र औषधिमा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् । साथै वर्षको एक पटक होल बडी चेक अप (सामान्य तथा विशेष स्वास्थ्य प्याकेज समेत) मा ३० प्रतिशत र ७० वर्ष भन्दा माथिका सदस्यहरुलाई उल्लेखित सेवाहरु लिँदा ५० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ ।

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. ललितपुर म.न.पा. वडा नं १५, महालक्ष्मीस्थानमा रहेको छ । चन्द्रागिरि साकोसका  ललितपुर जिल्लाका चन्द्रागिरि सदस्यहरुलाई लक्षित गरी उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो । यस अघि चैत्र २४ गते सितापाईला स्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालसँग पनि संस्थाले स्वास्थ्य सेवा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र