आईतबार, वैशाख ३०
०७:०६

सहकारीमा मानव स्रोत व्यवस्थापन तथा संगठनात्मक व्यवहार तालिम सञ्चालन

शुक्रबार, वैशाख २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सहकारीको प्रभावकारी सञ्चालनका लागि मानव स्रोत व्यवस्थापन र संगठनात्मक व्यवहार सम्बन्धी तालिम सञ्चालन भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले काठमाडौंमा आयोजना गरेको तालिममा काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुरका सहकारीकर्मीहरु उपस्थित थिए । उपत्यका भित्रका र मकवानपुरको सहकारीबाट गरी ३५ जनाको सहभागिता तालिममा रहेको थियो ।
 
तालिम प्रशिक्षक, चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले प्रभावकारी संस्था सञ्चालनमा मानव स्रोत व्यवस्थापन र संगठनात्मक व्यवहारको महत्व विषयक प्रस्तुतिकरण सहित प्रशिक्षण दिनुभएको थियो । कुनै पनि संस्थाको प्रभावकारी सञ्चालनका लागि मानव स्रोत व्यवस्थापनको महत्वपूर्ण भूमिका हुन्छ, उहाँले भन्नुभयो, “संस्थामा नियुक्त गरिएका मानिसहरुको संख्या र कार्यसम्पादन गर्नका लागि उनीहरुको क्षमता, सम्भावना र सम्भाव्यतामा संस्थागत सफलता निर्भर गर्दछ ।” 

संस्थासँग आवद्ध मानिसहरुको आवश्यक गुण, क्षमता र कार्यसम्पादन शैली सँगै उनीहरुको स्वभाव, विशेषता र कार्यदक्षताको व्यवस्थित परिचालनबाट मात्र संगठनात्मक उपलब्धी हासिल हुन सक्ने उहाँले प्रष्ट पार्नुभयो । संस्थामा रहेका हरेक व्यक्तिसँग कार्य सम्पदान गर्ने सम्भावित क्षमता हुन्छ, त्यो क्षमता भएका व्यक्तिलाई सही समयमा, कामको आवश्यकता बमोजिम उच्चतम् कार्य सम्पादनका लागि विकास गर्ने, उत्प्रेरित गर्ने र उपयोग गर्ने काम मानव स्रोत व्यवस्थापन हो, यसलाई हरेक सहकारी संस्थाले महत्वका साथ परिपालना गर्नुपर्ने प्रशिक्षक श्रेष्ठले बताउनुभयो । 

तालिमको समापन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । समापनका क्रममा बोल्दै महासचिव अधिकारीले सहकारी संस्था सफल हुनुमा सुमधुर संगठनात्मक व्यवहारको भूमिका महत्वपूर्ण रहने चर्चा गर्नुभयो ।
 
सहभागीहरुको तर्फबाट आफ्नो विचार राख्दै स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत मधुकर काफ्लेले तालिम अत्यन्त उपलब्धिमुलक र समयसान्दर्भिक रहेको बताउनुभयो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र