शनिबार, वैशाख २९
०७:२९

सदस्य संमृद्धिको आधार अनिवार्य नियमित बचतः महासचिव अधिकारी

शुक्रबार, वैशाख २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.– नेफ्स्कूनको प्राविधिक सहयोग र संकल्प स्वेक साकोसको आयोजनामा प्रोवेशन बाग्मती क्लस्टर चौथोको ११ औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । 

कार्यशालाको उद्घाटन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । महासचिव अधिकारीले सहकारी संस्थाहरुको वित्तीय संरचनामा बचतको संरचना नमिलेको कारण साकोस अभियानमा समस्या देखा परेको बताउनुभयो । संस्थामा सदस्यको नियमित बचत, दीर्घकालिन बचत नहुनु र मुद्दती बचतमा मात्र रकम जम्मा हुनुले सहकारीमा तरलता अभावको समस्या बढेको उहाँले बताउनुभयो ।महासचिव अधिकारीले भन्नुभयो, “साकोस अभियान पैसा सँग मात्र जोडिएको अभियान नभएकोले सदस्यको जीवन सम्बृद्धिको लागि सदस्य सँगसँगै हिड्ने र सदस्यका सुख दुःखका आँसु पुछ्ने अभियानको रुपमा रहेको छ ।” सदस्य संम्वृद्धिको आधार नियमित बचत हो, आज जुन जुन सहकारीमा सदस्यहरुले नियमित बचत गरेका छन्, ती सहकारीहरु सबल र सुरक्षित छन्, उहाँले भन्नुभयो । 

कार्यक्रमको सहजीकरण संघका तालिम अधिकृत कोमल राज अधिकारी र कार्यक्रम अधिकृत पेशल कुमार खड्काले गर्नु भएको थियो । कार्यक्रममा प्रोवेशन बाग्मती क्लस्टर चौथोमा सहभागी ११ वटा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् सञ्चालक र व्यवस्थापकहरुको सहभागिता रहेको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र