शनिबार, वैशाख २९
१२:३७

‘वातावरण संरक्षणको लागि हामी सबै सच्चिनु जरुरी छ’

शुक्रबार, वैशाख २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । एशियाली ऋण महासंघ – अक्कु, थाईल्याण्ड र नेफ्स्कूनको प्राविधिक सहकार्यमा क्लाईमेट एक्सन – जलवायु संरक्षण कार्य सम्बन्धि ३ दिने भर्चुअल तालिम आज (मे १२) सम्पन्न भएको छ । जलवायु परिवर्तनले विश्वव्यापी रुपमा पारेको असर र सो को रोकथामका लागि सदस्य, समुदाय र संस्थाले खेल्नुपर्ने भूमिकाको बारेमा तालिममा सहजीकरण गरिएको थियो । 

हरेक सदस्यले वातावरण संरक्षणका लागि कार्बन उत्सर्जन क्रियाकलाप एवं सामाग्रीहरुलाई ४ आर Reject, Reduce, Reuse, Recycle को अवधारणा अपनाउन, वातावरण मैत्री जीवन जिउन, नविकरणीय उर्जामा जोड दिन, हरेक घरको वातावरणमैत्री व्यवहारको – Energy Audit) परीक्षण, फोहोरमैला व्यवस्थापन एवं सो व्यवस्थापनको परीक्षण – ध्बWaste Audit & Waste Management) , साकोसको वस्तु तथा सेवा विकास र प्रवाहमा वातावरणमैत्री व्यवहार अपनाउन, परियोजना विश्लेषणमा क्लाईमेट एक्सन विश्लेषणको सूचक समावेश गर्ने सम्बन्धमा, जागरण र प्रवर्धनका लागि स्थानीय सरोकारवालाहरुसँगको साझेदारी लगायतका विषयमा छलफल भएको थियो । 

आगामी जुन ५, अन्र्तराष्ट्रिय वातावरण दिवसलाई लक्षित गरि सप्ताहव्यापी कार्यक्रमहरु गर्ने, सदस्यलाई सुसूचित गराउन सामाग्रीहरुको तयार गर्ने, स्वच्छ वातावरणका सूचकहरु बनाई सदस्यहरुलाई अभिमुखीकरण गर्ने लगायतका कार्ययोजना बनाई तालिम समापन भएको थियो । 

आक्कुका प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्केले पृथ्वी सबैको साझा घर भएको र मानिसहरुको वातावरणप्रतिको कार्यव्यवहारले मानिस एवं सबै पशुपंक्षीहरुलाई संकट उत्पन्न गराएकोले आगामी पुस्ताको लागि जलवायु संकट प्रमुख समस्याको रुपमा रहेको बताउँदै यो कार्यलाई सुधार गर्न हामी सबैको साझा प्रतिवद्धता रहने बताउनुभयो । तालिममा ४५ भन्दा बढी सहकारीहरुबाट ५० भन्दा बढीको सहभागिता रहेको थियो । सहभागीहरुले तालिमबाट सिकेको कुराहरु साकोसको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारीहरुबाट स्वच्छ वातावरणमैत्री अभ्यासको थालनी गर्दै यसलाई सँस्कृतिको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र