आईतबार, वैशाख २३
०८:४६

पोखरामा स्वःजागरण तथा नेफस्कून प्रवर्धनात्मक कार्यक्रम सञ्चालन

बुधबार, वैशाख २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कास्की । पोखरामा सहकारीहरुका लागि स्वःजागरण तथा नेफ्स्कून प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरिएको छ । नेफ्स्कूनका सञ्चालक सदस्य एवंम् पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा साकोसका सञ्चालक समिति तथा व्यवस्थापनबाट गरि ३५ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रमका प्रमुख व्यक्ति नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थान गर्न निरन्तर लाग्नुपर्ने साथै सदस्य शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । संस्थाको प्रवर्धन र विकासको लागि संघले सञ्चालन गरेका गुणस्तर सुनिश्चितताका कार्यक्रममा सहभागी हुन समेत अनुरोध गर्नुभयो । स्थानीय निकायको साझेदारीमा सञ्चालित आधारशिला कार्यक्रमबारे जानकारी गराउँदै अध्यक्ष पौड्यालले वित्तीय पहुँच अभिवृद्धि, सहकारी संस्थाहरुको दिगो संस्थागत विकास, सञ्जालीकरण र उद्यमशीलता मार्फत सदस्यहरुको जीवनस्तर सुधार गर्ने अभियानमा क्रियाशिल रहन साकोस प्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो । उहाँले सहकारीको विकास र विस्तारमा सदस्य नै प्रमुख केन्द्रविन्दु भएकोले ूद्ययगलअभ दबअप तय mझदभचू को अवधारणालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । 

कार्यक्रमका सभाध्यक्ष चण्डी प्रसाद शर्मा पौड्यालले अर्थतन्त्र बिषम परिस्थितिमा रहेकोले सहकारीका सञ्चालक समितिले संस्थाको तरलता ब्यस्थापनमा विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभयो । सदस्य नै सहकारीको मालिक भएकोले संस्थागत हरेक क्रियाकलापममा सदस्यलाई केन्द्रविन्दुमा राख्नुपर्ने, सुशासनमा सस्था सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा जिल्ला बचत संघ कास्कीका अध्यक्ष भेषराज बराल, नेफ्स्कूनका निवर्तमान सञ्चालक भिम गुरुङ्ग, स्थानीय सहकारीकर्मी लगायत नेफ्स्कून कर्मचारीहरुको सहभागिता रहेको थियो ।
 
कार्यक्रममा नेफ्स्कूनका निवर्तमान सञ्चालक गुरुङ्गले स्वागत मन्तव्य राख्नु भएको थियो भने नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले विश्व अर्थतन्त्रको अवस्था र नेपालको अर्थतन्त्रमा परेको प्रभाव र नेफ्स्कूनका कार्यक्रमका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनका सञ्चालक सदस्य कमला देवी गिरीले गर्नु भएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र