आईतबार, वैशाख २३
०८:४२

अति विपन्न सदस्यलाई सहारा नेपाल साकोसद्वारा आवास हस्तान्तरण

बुधबार, वैशाख २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

झापा । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तर्गत झापा गाउँपालिकामा निर्माण गरिएका २३८ वटा आवास सम्बन्धित घरधनीलाई हस्तान्तरण गरिएको छ । सहारा नेपाल साकोस, ह्याविट्याट फर ह्यूम्यानिटी नेपाल तथा झापा गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा आर्थिक वर्ष २०७०÷७१ र २०७९÷८० मा झापा गाउँपालिकामा निर्माण गरिएका २३८ वटा आवास वैशाख २५ गते उपभोक्ता समितिमार्फत घरधनीलाई हस्तान्तरण गरिएको हो । 

ह्याविट्याट फर ह्युम्यानिटी नेपालका केन्द्रीय निर्देशक एलिजा स्थापित, सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तिलकसिंह पाण्डेलगायतले पालिकाका सातवटै वडामा निर्माण गरिएका घरको साँचो हस्तान्तरण गरिएको प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले बताउनुभयो । 
सुरक्षित आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका अति विपन्न, गरिब, घरविहीन, सुकुमवासी, पिछडिएका वर्ग, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका व्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गरिएको उहाँले बताउनुभयो । 

लामो समयदेखि झापा गाउँपालिकामा ह्याविट्याट फर ह्युमानिटी नेपाल, सहारा नेपाल तथा झापा गाउँपालिकाबीच त्रिपक्षीय साझेदारीमा सुरक्षित आवास कार्यक्रम सञ्चालन हुँदै आएको थियो । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुरमा परियोजनाले आवास निर्माणसहित अन्य काम गर्दै आएको छ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र