आईतबार, वैशाख २३
०२:४८

सहकारीले सदस्यहरूलाई उत्पादनतर्फ अग्रसर बनाउनुपर्छ : अध्यक्ष पौड्याल

बुधबार, वैशाख २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

ललितपुर । प्रोबेसन वागमती क्लष्टर पहिलोको २८ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला मंलगतबार सम्पन्न भएको छ । नवयुवा साकोस ललितपुर पाटनको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरण रहेको कार्यक्रमको अध्यक्षता आयोजक साकोसका अध्यक्ष अशोक महर्जनले गर्नुभएको थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा क्लष्टरमा आबद्ध ६ साकोसबाट ३७ जनाको सहभागिता रहेको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत कोमल राज अधिकारी र कार्यक्रम अधिकृत पेशल कुमार खड्काले गर्नुभएको थियो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सदस्यहरुलाई उत्पादनमा जोड्न र उद्यमी बनाउन नसक्नुको परिणाम आज वित्तीय चुनौति रहेको बताउनुभयो । हामीले सदस्यहरुको आर्थिक जीवनमा रुपान्तरण ल्याउन सकेनौं, त्यसकारण आज वित्त व्यवस्थापन समस्याग्रस्त बनेको छ, यसले भोलिका दिन अझ चुनौतिपूर्ण हुनेछन् । उहाँले भन्नुभयो, सदस्यहरुलाई आर्थिक जिवनसँग जोड्ने काम सँगसँगै सामाजिक एकता कायम गर्ने र असल संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो । सहकारीले सदस्यहरुलाई उत्पानदतर्फ अग्रसर बनाउँदै प्राथमिक वस्तुको उत्पादन र प्रशोधन कार्यमा लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।  

अध्यक्ष पौड्यालले सहकारीमा स्वः सहयोग, स्वः शासन र स्वः उत्तरदायित्व महत्वपूर्ण रहेको बताउँदै सहकारीका विद्यमान समस्याको समाधान सहकारीका सदस्य नै भएकोले संस्था र सदस्य बीचको सम्बन्ध प्रगााढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो । हाल देखिएको समस्याको एउटा मुख्य कारण केही साकोसहरु सुशासनमा चल्न नसक्नु पनि रहेको तर्फ इंकित गर्दै हरेक सहकारीहरु सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै व्यवहारिक रुपमा कार्यान्वयन गर्दै चल्नुपर्नेमा जोड दिनुभएको थियो । 

आयोजक साकोसका अध्यक्ष अशोक महर्जनले संस्थाहरु नीति र विधिमा नचल्दाको परिणामस्वरुप केही संस्थाहरुमा समस्या आएको बताउनुभयो । उहाले सहकारी मार्फत सदस्यको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्नेमा जोड दिनुभयो ।  


saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र