आईतबार, वैशाख २३
०२:४९

स्तरीकरण कार्यक्रममा सहभागी तीन जिल्लाका साकोसहरुबीच उदयपुरमा समिक्षा कार्यक्रम

सोमबार, वैशाख २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

उदयपुर । सहयोगी साकोस, बेलका–९, उदयपुरको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा मेची–कोशी चौथो क्लष्टरको ९ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आइतबार सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध मोरङ, सुनसरी र उदयपुर जिल्लाका १० वटा साकोसका प्रोबेसन कार्यदल संयोजक, सदस्य, व्यवस्थापक र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ५८ जना को उपस्थिति रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष गणेश बस्नेतको अध्यक्षता, प्रमुख अतिथिको रुपमा नेफ्स्कूनका सञ्चालक एवम् सुनसरी सदस्य सेवा कार्यालय संयोजक गोमा नेपाल र बेलका नगरपालिका, उद्यम विकास तथा सहकारी शाखा प्रमुख भरत दाहालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रमबाट सहकारी विच सहकार्यको भावना र असल अभ्यासहरु एक आपसमा आदान प्रदान गर्ने वातावरण सिर्जना भएको भन्दै नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र गुणस्तर बृद्धिका लागि सञ्चालनमा ल्याएको स्तरीकरण कार्यक्रम निकै फलदायी रहेकोप्रति सहभागीहरुले जोड दिएका थिए । 

कार्यक्रममा सहभागी साकोसहरुबाट आ आफ्ना संस्थागत प्रस्तुतीहरु रहेका थिए भने उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा गोरखा साकोस, सुनसरीका व्यवस्थापक चुडामणी राईलाई पुरस्कृत गरीएको थियो । उक्त कार्यक्रम सहजीकरण नेफ्स्कून अनुगमन अधिकृत शौभाग्य भट्टराईले र कार्यक्रममा उपस्थितहरुलाई स्वागत आयोजक संस्थाको उपाध्यक्ष बाबुराम थापा र कार्यक्रम सञ्चालन सचिव दमन कटुवालले गर्नु भएको थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र