शनिबार, वैशाख १५
११:४१

कर्ब्स मोरङ दोस्रो समुहका सहकारीहरुबीच असल सिकाई अभ्यास आदान प्रदान 

आईतबार, वैशाख २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मोरङ । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) मोरङ दोस्रो समूहकोे छैटौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । मोरङको गछियामा अवस्थित दुलारी वचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा व्यवस्थापनमा समुहमा आवद्ध १४ वटा संस्थाहरुका विचमा साकोसको असल सिकाई अभ्यास आदान प्रदान भएको थियो ।  दुलारी साकोसका अध्यक्ष हेमन्त कार्कीको अध्यक्षता र जिल्ला वचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइरालाको प्रमुख आतिथ्यता तथा वचत संघ मोरङका बरिष्ठ उपाध्यक्ष एकराज निरौला र सचिव जीवन बस्नेतको आतिथ्यता कार्यक्रममा रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कोइरालाले सहकारी सामूहिक हित प्रवद्र्धन गर्ने व्यवसाय भएकाले वेलैमा यसमा रहेका वित्तीय, व्यवस्थापकीय एवम् सुशासन जोखिमहरुको पहिचान र सो जोखिम कम गर्ने व्यवस्थापकिय उपायहरु अवलम्बन गरि संस्थालाई दिगो र सुरक्षित वनाउन कार्यक्रममा उपस्थित व्यवस्थापकिय नेतृत्व र संस्थापकिय नेतृत्वहरुलाई आग्रह गर्नुभयो ।

वचत संघका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले वर्तमान परिस्थितिको सामना एकल विधिबाट नभई सामुहिक विधिबाट गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहजकर्ताहरुबाट आर्थिक मन्दि र सदस्य केन्द्रियता मापन विषयमा सहजिकरण भएको थियो । कार्यक्रमको सहजिकरण नेफ्स्कूनका व्यवसाय अधिकृत रामकृष्ण भट्टराई र कार्यक्रम अधिकृत तथा जिल्ला वचत संघ मोरङका कार्यक्रम अधिकृत रामकुमार दहालले गर्नुभएको थियो । 

कार्यक्रमको सञ्चालन आयोजक दुलारी साकोसका सचिव कृष्ण भुर्तेलले गर्नुभएको थियो भने १४ वटा साकोसका ४३ जना व्यवस्थापक र सञ्चालकहरुको उपस्थिति रहेको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र