आईतबार, वैशाख १६
०७:३२

भाखा नाघेको ऋण ब्यवस्थापन तालिम सञ्चालन

शनिबार, वैशाख १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

धनगढी । कैलालीमा साकोस लक्षित भाखा नाघेको ऋण व्यवस्थापन तालिम सञ्चालन भएको छ । वैशाख १४ र १५ गते सञ्चालित तालिममा कञ्चनपुर र कैलाली जिल्लाका २५ साकोसबाट ४० जनाको सहभागिता रहेको थियो ।

नेफस्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन सत्र समापन भएको थियो । उक्त सत्रमा कञ्चनपुर सदस्य सेवा कार्यालयको फिल्ड ब्यवस्थापन उप–समिति सदस्य सुरत बोगटी, जगदिस भट्ट, तालिम अधिकृत उमेश कोइराला लगायत विभिन्न सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 

फिल्ड ब्यवस्थापन उप–समिति सदस्य सुरत बोगटीले नेफस्कूनले आयोजना गरेको यस तालिमबाट सहभागीहरुले महत्वपुर्ण ज्ञान, सिप आर्जन गर्ने र तालिमबाट सिकेको कुरा ब्यहारका साथै संस्थागत रुपमा लागु गर्न आग्रह गर्नुभयो ।

सञ्चालक जोशीले अहिलेको विसम परिस्थितिमा सदस्य र संस्था बीच पुलको भूमिकामा रहेर जोखिम युक्त काम गर्नुपर्ने, संस्थाको भाखा नाघेको ऋणलाई शुन्य बनाएर खराब ऋणको सूचकलाई सुधार गनुपर्ने कार्यमा जोड दिनुभयो ।  यस्ता तालिमहरु कर्मचारीहरुको क्षमता विकासका लागि महत्वपूर्ण हुने धारणा ब्यक्त गर्नुभयो । आगामी दिनमा नेफ्स्कूनले पनि सहकारीहरुलाई लक्षित गरि क्षमता विकासका कार्यक्रमहरु, तालिमहरु आयोजना गर्ने प्रतिबद्धता ब्यक्त गदै संस्थालाई समस्या परेको समयमा सहयोग गर्न नेफ्स्कून तयार रहेको धारणा ब्यक्त गर्नुभयो । 

तालिम सहजिकरण संघका तालिम अधिकृत उमेश कोइराला र कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कञ्चनपुर सदस्य सेवा कार्यालय का इन्चार्ज यम डाँगी र धनगढी सदस्य सेवा केन्द्रका सेवा प्रमुख योगेश बोहराले गर्नुभएको थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र