आईतबार, वैशाख १६
०३:३६

धनगढीमा साकोसहरूका लागि तरलता व्यवस्थापन तालिम

आईतबार, वैशाख १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

धनगढी । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा सञ्चालित सहकारीहरुका लागि तरलता व्यवस्थापन तालिम प्रदान गरिएको छ । नेफ्स्कूनको कञ्चनपुर सदस्य सेवा कार्यालय र धनगढी सेवा केन्द्रको सयुक्त आयोजनामा अत्तरियामा शनिवार सञ्चालित तालिममा कञ्चनपुर र कैलाली जिल्लाका ३५ साकोसबाट गरि ५० जनाको सहभागिता रहेको थियो ।

नेफस्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशीको प्रमुख आतिथ्यतामा सञ्चालित तालिममा कञ्चनपुर सदस्य सेवा कार्यालय, फिल्ड ब्यवस्थापन उप–समिति सदस्य सुरत बोगटी, तालिम अधिकृत उमेश कोइराला, सि ए.सि कैलालीका कोषाध्यक्ष प्रकाश कुमार जोशी, सि ए सि कञ्चनपुरका कोषाध्यक्ष चित्रा पाण्डेय, सि ए सि कैलालीका सदस्य बिष्णु उपाध्यक्ष लगायत विभिन्न सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 

तालिमका अवसरमा सञ्चालक जोशीले सहकारीमा वित्तीय संकट जुनसुकै समयमा आउन सक्ने भएकोले संस्थाहरुले तरलता ब्यवस्थापन साथै बैज्ञानिक प्रद्धति पर्ल्सका सूचकहरुमा ध्यान दिनुपर्ने बताउनुभयो । 

तालिम सहजिकरण संघका तालिम अधिकृत उमेश कोइराला र कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कञ्चनपुर सदस्य सेवा कार्यालयका इन्चार्ज यम डाँगी र धनगढी सदस्य सेवा केन्द्रका सेवा प्रमुख योगेश बोहराले गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र