आईतबार, वैशाख १६
०२:४२

६० विद्यार्थीलाई विकू दीर्घकालिन छात्रवृत्ति प्रदान

शुक्रबार, वैशाख १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नवलपरासी । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६० बालबालिकालाई विकू दीर्घकालिन छात्रवृत्ति प्रदान गरेको छ । संस्थाको नियमित बार्षिक कार्यक्रम अन्तर्गत विभिन्न तहमा अध्ययनरत ६० जना सदस्यका बालबालिकाहरुलाई दीर्घकालिन छात्रवृत्ति प्रदान गरेको हो । 

संस्थाले बालबालिकाहरुलाई वर्षभरिको लागि आवश्यक शैक्षिक सामग्री, ड्रेस, जुत्ता, झोला र एकमुष्ठ पठनपाठन खर्च उपलब्ध गराउँदै आएको छ । 

शिक्षा विकास तथा समन्वय इकाई, नवलपुरका प्रमुख रुद्र शर्माको प्रमुख आतिथ्यता सहितको एक कार्यक्रमका बीच बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । 

प्रमुख अतिथि शर्माले विकूले गरेको छात्रवृत्तिलाई बालबालिकाको वृति विकासमा खर्च गर्न अभिभावकहरुलाई आग्रह गर्नुका साथै विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्नुभएको थियो । उहाँले संस्थाले नियमित रुपमा गर्दै आएको सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रमप्रति उच्च प्रशंसा गर्नुभएको थियो । 

संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न उप–समितिका पदाधिकारी, सेवाकेन्द्र व्यवस्थापन उप समितिका संयोजक, उप–संयोजक, विद्यालयका प्र.अ, अभिभावक, विद्यार्थी, कर्मचारी तथा शेयर सदस्यहरुको उल्लेखनिय उपस्तिथि रहेको थियो । कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले गर्नु भएको थियो ।

कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने बालबालिकाका अभिभावकहरु मध्येबाट चन्द्र सापकोटाले संस्थाले गर्ने हरेर कार्यक्रम सामाजिक उत्तरदायित्वपूर्ण र सदस्यमैत्री रहेको बताउनुभयो । 

कक्षा १० मा अध्ययनरत छात्रा आरती सापकोटाले संस्थाले उपलब्ध गराउने छात्रवृत्तिले हरेक बर्ष सयौं विद्यार्थीहरुले आफ्नो भविष्य उज्वल बनाउने अवसर प्राप्त गरेकोमा संस्थाप्रति अभार प्रकट गर्दै आफ्ना अनुभूति सेयर गर्नुभएको थियो । 


 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र