आईतबार, वैशाख ३०
०७:४१

कृषि सहकारी केन्द्रीय संघ एफएओ अवार्डबाट पुरस्कृत 

बिहीबार, वैशाख १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपालको कृषि सहकारी केन्द्रीय संघ लि. विश्वकै उत्कृष्ट संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन अवार्ड (एफएओ २०२३) बाट पुरस्कृत भएको छ । एफएओको मुख्य कार्यालय इटालीको रोममा अप्रिल २४, २०२३ (वैशाख ११) मा आयोजना गरिएको एक विशेष समारोहका बीच संघले उक्त अवार्ड प्राप्त गरेको विषय साना किसान विकास लद्युवित्त वित्तिय संस्था र नेपाल कृषि सहकारी केन्द्रीय संघले विहिबार संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको हो । 

एफएओ युएनले महासंघका सदस्य संघलाई विश्वभरका आफ्ना साझेदार संस्थाहरुमध्ये सर्वाेत्कृष्ट साझेदार संस्थाका रुपमा अवार्ड प्रदान गरेको संघका अध्यक्ष खेम पाठकले बताउनुभयो । एफएओले संघलाई सहकारीलाई सुशासन र संस्थागत विकास गर्नका लागि क्षमता अभिबृद्धि गरेको र साना किसानाका जटिल कृषि तथा आर्थिक समस्याहरुलाई नीति निर्मातासम्म पुर्याउन सक्षम भएको र नेपालमा भोकमरी र कुपोषण अन्त्यका लागि वकालत गर्न सक्षम भएको भन्दै पुरस्कृत गरेको हो । 

एफएओका महानिर्देशक QU Dongyu  द्वारा प्रदान गरिएको सो अवार्ड ग्रहण गर्न संघका अध्यक्ष खेम बहादुर पाठक र महाप्रवन्धक रुद्र भट्टराई इटाली पुग्नुभएको थियो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले विश्वकै उत्कृष्ट अवार्ड प्राप्त गर्नु देशकै गर्वको विषय भएको भन्दै बधाई ज्ञापन गर्नुभएको थियो । 

त्यसैगरी सो अवसरमा साना किसान विकास लद्युवित्त वित्तीय संस्था लि.लाई नेपाल सरकार र एसियाली विकास बैंकको अनुदानमा सञ्चालन भएको प्रोजेक्टमा उत्कृष्ट कार्य गरेकोमा यही वैशाख ८ गते वेष्ट प्रोजेक्ट म्यानेजमेन्ट अवार्ड प्रदान गरेको समेत जानकारी गराइएको थियो । ग्रामीण उद्यम वित्तिय परियोजनाका लागि ५ अर्ब ६५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण प्रवाह गरी व्यवसायीक कृषि विकासमा उत्कृष्ट कार्य गरेको भन्दै सो अवार्ड दिएको संस्थाका सिइओ डा. शिवराम प्रसाद कोइरालाले बताउनुभयो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र