सोमबार, वैशाख ३१
१०:०८

नेपाल कृषि सहकारी केन्द्रीय संघले प्राप्त गर्यो FAO अवार्ड २०२३, नेपालका किसान र कृषि क्षेत्रका लागि ऐतिहासिक सफलता

बुधबार, वैशाख १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.ले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO अवार्ड २०२३ प्राप्त गर्न सफल भएको छ । 

एफएओ UN ले नेपाल कृषि सहकारी केन्द्रीय संघलाई विश्वभरका आफ्ना साझेदार संस्थाहरु मध्ये सर्वोत्कृष्ट साझेदार संस्थाका रुपमा अवार्ड प्रदान गरेको हो ।  एफएओले प्रदान गर्ने यो अवार्ड नेपालले पहिलो पटक प्राप्त गरेको हो । एफएओको मुख्य कार्यालय इटालीको रोममा अप्रिल २४, २०२३ (वैशाख ११) मा आयोजना गरिएको एक विशेष समारोहका बीच संघलाई उक्त अवार्ड प्रदान गरिएको थियो । FAO का महानिर्देशक QU Dongyu  द्वारा प्रदान गरिएको सो अवार्ड संघका अध्यक्ष खेम बहादुर पाठक र महाप्रवन्धक रुद्र भट्टराईले ग्रहण गर्नुभएको थियो । 

विश्वभरबाट छनौट भएको यस संस्थालाई नगद सहित अवार्ड प्रदान गरिएको एफएओ युएनले जनाएको छ ।  

नेपालमा सदस्य सहकारी संघ, संस्थाहरुको क्षमता विकास, सुशासन र दिगो विकासमा सहयोग पुर्याए वापत संघलाई यो अवार्ड प्राप्त भएकोमा सहयोगी सम्पूर्ण संघ संस्थाहरुमा केन्द्रीय संघले आभार प्रकट गरेको छ । 

नेपालका ७७ जिल्लामा सञ्जाल रहेको केन्द्रीय संघमा १२ सय १५ वटा संस्थाहरु आवद्ध रहेका छन् । करिव ११ लाख घरपरिवारका ५० लाख भन्दा बढिकोवीचमा सेवा पुर्याई रहेको नेपाल कृषि सहकारी केन्द्रीय संघले सदस्य संस्थाहरुको क्षमता विकास, संस्थागत दिगो विकास, सुशासन, सचेतना लगायतका क्षेत्रमा वहस पैरवी गर्दै आईरहेको छ ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एक अन्तर्राष्ट्रिय संस्था हो । जसले भोकमरीलाई पराजित गर्न पोषण र खाद्य सुरक्षा सुधारका निमित्त अन्तर्राष्ट्रिय प्रयासहरुको नेतृत्व गर्दछ । यसको स्थापना १९४५ अक्टोबर १६ मा भएको थियो । 

एफएओमा १ सय ९४ देश र युरोपेली संघ सहित १ सय ९७ सदस्यहरू छन् । इटारीको रोममा मुख्य कार्यालय रहेको खाद्य तथा कृषि संगठनका विश्वका १ सय ३० भन्दा बढी देशहरुमा क्षेत्रीय कार्यालयहरू छन् । यसले सरकार र विकास एजेन्सीहरूलाई कृषि, वन, मत्स्यपालन, भूमि र जलस्रोतहरूको सुधार र विकास गर्नका लागि तिनीहरूको गतिविधिहरू समन्वय गर्न मद्दत गर्दछ । एफएओले कृषि तथा खाद्य सम्बन्धी अनुसन्धान, र परियोजनाहरूमा प्राविधिक सहयोग समेत प्रदान गर्दछ । साथै कृषि तथा खाद्य सम्बन्धी शैक्षिक ज्ञान तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दछ भने कृषि उत्पादन, कृषि विकास सम्बन्धी डाटाहरु समेत संकलन गर्दछ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र