शुक्रबार, वैशाख २८
१२:३०

नेफ्स्कूनसँगको सहकार्यमा प्यूठानका सहकारीहरुको सक्षमता विकास गरिनेः नगर प्रमुख योगी

मंगलबार, वैशाख १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

प्यूठान । प्यूठानको सिदार्थ सामुदायिक साकोस र सहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लि.को सञ्चालकहरुको क्षमता विकास आधारभुत तालिम सञ्चालन भएको छ । नेफ्स्कूनको प्राविधिक सहयोग र तालिममा सहभागी दुई साकोसको संयुक्त आयोजना रहेको तालिम प्यूठानको क्वाडीमा वैशाख १० र ११ गते सञ्चालन भएको हो । तालिममा दुवै साकोसका सञ्चालक समिति, लेखा समिति, उपसमिति र कर्मचारीहरु गरी ३२ जनाको सहभागिता रहेको थियो ।

तालिमको उद्घाटन प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले गर्नुभएको थियो । उहाँले ज्ञानवान र क्षमतावान सञ्चालकले मात्र संस्थाको उद्देश्य प्राप्ती गर्न सक्ने भन्दै समुदायमा सहकारीको छवि निर्माण गर्न सञ्चालकहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । पैसा अर्थात बचतको कारोवार गर्ने संस्थाहरु सँधै उच्च जोखिममा हुनेहुँदा जोखिमको पहिचान गरी जोखिम न्यूनिकरणका उपायहरुको खोजी गर्दै संस्था सञ्चालन गर्नुपर्नेमा नगरप्रमुख योगीले जोडदिनुभयो । 

संस्थाहरु सहकारीको अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धन्त अनुरुप चल्नु पर्दछ, स्वस्थ प्रतिष्पर्धाका लागि प्रविधिमैत्री संस्था सञ्चालनमा पनि ध्यान दिनुपर्ने उहाँको भनाई थियो । दीगो र सबल सहकारी निर्माणका लागि एकताबद्ध र पारदर्शि हुनु अनिवार्य छ,  उहाँले भन्नुभयो । २०८०।०८१ को बार्षिक कार्यक्रम तथा बजेटमा व्यवस्था गरेर सबै प्रकृतिका सहकारीहरुको सक्षमता विकासका लागि नगपालिकाले नेफ्स्कूनसँग सहकार्य गरी आधारशिला कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

तालिमको उद्घाटन सत्र र समापन सत्रमा क्रमशः सहारा महिला वहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष नारायणी पोख्रेल र सिद्धार्थ सामुदायिक साकोसका अध्यक्ष मुक्ति पोख्रेलको अध्यक्षता रहेको थियो । दुई दिवसीय तालिमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो । 

सिदार्थ सामुदायिक साकोसका अध्यक्ष मुक्ति पोख्रेलले तालिम उपलब्धीमुलक भएको र यसलाई संस्थामा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सदस्यहरुको सम्पूर्ण वित्तीय आवश्यकता पुरा गर्न सक्ने गरि संस्थागत विकासलाई जोड दिन सहकारी एकीकरणको आवश्यकता बारे चर्चा गर्नुभयो ।  

सहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लि.की अध्यक्ष नारायणी पोख्रेलले तालिम बाट प्राप्त ज्ञान सीपले संस्थागत विकासका सहयोग पुग्ने विचार व्यक्त गनुृभयो । तालिममा प्यूठान नगरपालिका–२ नं. वडाका वडा अध्यक्षको समेत सहभागिता रहेको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र