शुक्रबार, वैशाख २८
०२:५७

ग्रामिण साकोसद्वारा सदस्यहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सोमबार, वैशाख ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सर्लाही । लालबन्दी नगरपालिका १, नवलपुरमा सञ्चालित ग्रामिण बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल रामदैया भवाडी धनुषाको प्राविधिक सहयोग तथा लालबन्दी नगरपालिका वडा नं. १ को समन्वयमा शिविर सञ्चालन गरिएको हो । शिविरबाट साकोसका सदस्य तथा अन्य गैर सदस्य गरी ४ सय २६ जनाले स्वास्थ्य सेवा लिनुभएको थियो । 

शिविरमा जानकी मेडिकल कलेजका प्रा.डा.जे.एन. शाह र  प्रो.डा. धर्म दत्त सुवेदी  को नेतुत्वमा स्त्री तथा प्रसूति रोग सम्बन्धी परामर्श, आँखाको दृष्टि परिक्षण, स्वास्थ्य परिक्षण तथा परामर्श, दन्त रोग परिक्षण, छाला रोग परिक्षण, हाड जोर्नी, नाक कान घाँटी जाँच तथा अन्य परामर्श सेवाहरु उपलब्ध गराइएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवासँगै निःशुल्क भिडियो एक्सरे, रगत परिक्षण लगायतका अन्य जाँच सुविधा पनि उपलब्ध गारइएको थियो । 
  
विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त सदस्यहरुले सहकारीले निःशुल्क स्वास्थ्य परिक्षण सेवा उपलब्ध गराएकोमा खुसी हुँदै ठूलो राहत महशुस गरेका छन् ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र