शुक्रबार, वैशाख २८
०६:०२

म्याग्दीको गोर्खा भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

शनिबार, वैशाख ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । म्याग्दीको बेनी नगरपालिकामा सञ्चालित गोर्खा भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लि.प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चिता सम्बन्धी पूर्ण तथा व्यावायिक साकोस विकास कार्यक्रम हो । 

साकोसको कार्यालयमा वैशाख ८ गते आयोजित कार्यक्रममा साकोसका अध्यक्ष देउ प्रसाद छन्त्याल, कोषाध्यक्ष कृष्ण बहादुर पुन, सचिव रमेश फागामी, संस्थापक अध्यक्ष एवम् सल्लाहकार क्या मिन बहादुर कार्की, प्रवन्धक शिव खड्का र नेफ्स्कूनको तर्फबाट पोखरा फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुबेदी र बेनी सेवा केन्द्र प्रमुख दिनेश थापा सहितको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । 

२०६८ साल माघ १७ गते स्थापना भएको गोर्खा भूतपूर्व सैनिक साकोसमा हाल ७ सय १५ जना सदस्य छन् भने साकोसको कुँल वासलात रु. २० करोड ७० लाख ८२ हजार रहेको छ । साकोसमा ७ कर्मचारी कार्यरत छन् ।

नेफ्स्कूनले २०६९ सालदेखि सहकारी विभागसँगको सहकार्यमा सञ्चालनमा आएको प्रोबेसन कार्यक्रम अन्तर्गत अनुगमन तथा सुपरिवेक्षण गरी गुणस्तर विकासका लागि निर्माण गरिएका मुख्य दुई क्षेत्र अन्तर्गत कुल ५० वटा सूचकहरुमा साकोसको गुणस्तर मापन गरिन्छ । प्रोबेसन कार्यक्रम आबद्धताले साकोसको संस्थागत विकास र वित्तीय सुशासन कायम हुने विश्वास लिएको अध्यक्ष छन्त्यालले बताउनुभयो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र