शुक्रबार, वैशाख २८
०२:०९

म्याग्दी साकोस कर्ब्स कार्यक्रममा आबद्ध 

शनिबार, वैशाख ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । म्याग्दीको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आवद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो, जुन नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित छ । 

वैशाख ८ गते साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच नेफ्स्कून र साकोसबीच कार्यक्रम सहभागिता सम्झौता भएको हो । सम्झौतापत्र हस्ताक्षर कार्यक्रमका अवसरमा म्याग्दी साकोसका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ, कोषाध्यक्ष राजु बानिया, सहसचिव रामनारायण श्रेष्ठ, ऋण समिति संयोजक लक्ष्मी के.सी. लेखा समिति संयोजक कृष्ण बहादुर थापा, प्रवन्धक गोविन्द सुवेदी र नेफ्स्कूनको तर्फबाट बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने, पोखरा फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदी र बेनी सेवा केन्द्र प्रमुख दिनेश थापाको उपस्थिति थियो । 

२०६३ श्रावण १५ गते स्थापना भएको म्याग्दी साकोसमा हाल ७ सय ५ जना सेयर सदस्य र कुल वासलात रु ११ करोड १५ लाख रहेको छ । साकोसमा ५ कर्मचारी कार्यरत छन् । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र