सोमबार, जेठ ७
१०:००

प्रदेश बचत संघ लुम्बिनीको आयोजनामा साकोसका व्यवस्थापन प्रमुखरुको गोष्ठी सञ्चालन, ६ बुँदे साझा प्रतिबद्धता जारी

बिहीबार, वैशाख ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बुटवल । प्रदेश बचत तथा ऋण सहकारी संघ लि. लुम्बिनी प्रदेश (प्रोस्कुन लुम्बिनी ) को आयोजनामा “साकोसको दिगो संस्थागत विकास सम्बन्धी ब्यवस्थापन प्रमुखहरुको कार्यशाला गोष्ठि” सम्पन्न भएको छ । बैशाख ६ र ७ गते बुटवलमा आयोजित गोष्ठिमा लुम्बिनी प्रदेशका ३६ जना ब्यवस्थापन प्रमुख र सहायक प्रमुखहरुको सहभागिता थियो ।

सहकारी संस्थाहरुको दिगो विकास र सुरक्षाका लागि संस्थाका ब्यवस्थापन प्रमुखहरुको भूमिका र साझा बुझाईका बारेमा नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहजीकरण गर्नु भएको थियो । प्रदेश भित्रका विभिन्न साकोसका ब्यवस्थापन समूहको सहभागितामा सञ्चालित कार्यक्रमको प्रारम्भ गर्दै प्रोस्कुन लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद नेपालले सहकारीका सञ्चालकहरु र ब्यवस्थापन समूहको काम र कर्तब्य स्पष्ट नपार्दा  र भएको विधि पालना नगर्दा सहकारीमा समस्या उत्पन्न हुने भएकाले साझा बुझाईका लागि यो गोष्ठि आयोजना गरिएको बताउनु भयो । तालिम संयोजक एवं शिक्षा तथा अनुसन्धान उपसमिति संयोजक भरतराज भूसालले निरन्तर तालिमहरुका माध्यमबाट सञ्चालक र ब्यवस्थापनमा निखार ल्याउदै साकोसलाई दिगो र सुरक्षित बनाउन नतिजामुखि तालिम र प्रशिक्षण आयोजना गरिएको बताउनु भयो । 

गोष्ठिको अन्तमा सहभागी ब्यवस्थापन प्रमुख तथा सहायक प्रमुखहरुले सहकारी क्षेत्रको विश्लेषण, जोखिम र सुपरिवेक्षण, लिडरसिफ्ट, सहकारी क्षेत्र दशक रणनीतिहरु, सहकारीमा मानवपूँजी ब्यवस्थापन र सदस्य सुरक्षा सिद्धान्तका बारेमा ६ बुदे साझा धारणा र प्रतिवद्धता ब्यक्त गरेका छन् । यस गोष्ठिले नयाँ विषय, संभावना र चुनौतिका क्षेत्रमा ब्यवस्थापनलाई सजग गराउन तथा यस क्षेत्रका विभिन्न सहकारीका ब्यवस्थापन समूहमा आपसि सहयोग र साझा विकासको भावना समेत विकास गरेको सहभागिहरुले ब्यक्त गरेका छन । जनउत्थान साकोसका ब्यवस्थापक रणबहादुर थापाले गोष्ठिले सहकारी ब्यवस्थापनलाई ध्यान दिनु पर्ने नयाँ क्षेत्रको बारेमा ध्यानाकर्षण गरेको बताउनु भएको थियो । गोष्ठिको समापन कार्यक्रममा नेफ्स्कून बुटवल फिल्ड कार्यालय प्रमुख छत्र प्रसाद धमलाले गोष्ठि महत्वपूर्ण भएको बताउनु भयो ।

त्यसै गरि प्रोस्कुन लुम्बिनीको आयोजनामा बैशाख ३ र ४ गते साकोसका अध्यक्ष तथा सञ्चालकहरुको लागि २ दिने क्षमता विकास तालिमको आयोजना भएको थियो । अध्यक्ष तथा सञ्चालकहरुको तालिममा  प्रदेश भित्रका ३४ जना अध्यक्ष तथा सञ्चालकहरुको सहभागिता रहेको तालिमको सहजीकरण प्रशिक्षक डा. शिवजी सापकोटाले गर्नुभएको थियो ।    

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र