सोमबार, जेठ ७
०९:१८

सहकारीको विकास र प्रवर्धनका लागि छुट्टै बजेट व्यवस्थापन हुन्छ : रोल्पा नगरप्रमुख

बिहीबार, वैशाख ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रोल्पा । रोल्पाको लिवाङमा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि सञ्चालन तथा जोखिम ब्यवस्थापन तालिम सञ्चालन भएको छ । बचत तथा ऋण सहकारी संस्थाहरुलाई सहकारी सञ्चालनका लागि ध्यानदिनुपर्ने कुराहरुको बारेमा जानकारी गराउनुका साथै कानुनी जोखिम ब्यवस्थापन सम्वन्धी बिषयमा दक्ष बनाउने उद्देश्यले नेफ्कून फिल्ड कार्यालय दाङको आयोजनामा सञ्चालन तथा जोखिम ब्यवस्थापन तालिम सञ्चालन गरिएको हो । तालिममा जिल्ला भरिका बचत तथा ऋण सहकारीहरुबाट २७ जनाको सहभागिता रहेको छ । दुई दिवसीय तालिम वैशाख ७ र ८ गते सञ्चालन हुनेछ । 

रोल्ला जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सचिव आकाश गिरीको अध्यक्षतामा विहिबार बिहान भएको तालिमको उद्घाटन सत्रमा रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र घर्ति थापाको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै प्रमुख अतिथी मेयर सुरेन्द्र घर्ति थापाले बर्तमान परिप्रेक्षमा सहकारी क्षेत्रमा ठुलो संकट आएको र यो संकटवाट बच्नका लागि यस्ता तालिम तथा शिक्षाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको तेश्रो खम्वाको रुपमा रहेको र यसले ठुलो मात्रामा रोजगारी श्रृजना गरेको चर्चा गर्नुभयो । नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारीहरुको बृद्धि, विकास तथा सम्बृद्धिका लागि आगामी दिनहरुमा पालिकाले छुटै बजेट व्यवस्थापन गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रोल्पा जिल्ला सहकारीको विकास तथा  प्रवर्धनको पाटोमा निक्कै पछाडि परेको छ, उहाँले भन्नुभयो, “सहकारी मार्फत समृद्धि ल्याउन नगरपालिका नेफ्स्कूनसँग सहकार्य गर्न तयार छ ।”  
कार्यक्रममा अध्यक्ष आकाश गिरीले जिल्ला भरीका सहकारी अभियनलाई अगाडि बढाउनका लागि यस्ता तालिम तथा शिक्षाका कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने हँुदा रोल्पाको सहकारी अभियानको तर्फवाट नेफ्स्कूनलाई धन्यवाद ब्यक्त गर्नुभयो । तालिम तथा शिक्षाले सहकारीमा कामगर्ने अभियानका ब्यक्तिहरुमा उत्प्रेरणा प्रदान गर्ने भएकोले यस्ता कार्यक्रमको निरन्तरताका लागि अनुरोध गर्नुभयो ।  

कार्यक्रममा स्वागत मन्तब्य रोल्पा जिल्ला सहकारी संघका सञ्चालक तुल्सा आचार्यले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन नेफ्स्कून फिल्ड कार्यालय ईन्चार्ज बिष्णु जोशीले गर्नुभएको थियो । तालिम प्रशिक्षण नेफ्स्कूनका तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र