सोमबार, जेठ ७
०९:१८

ऋण जोखिम व्यवस्थापन र कानुनी प्रकृया सम्बन्धी तालिम सञ्चालन

सोमबार, वैशाख ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

इलाम । जिल्ला बचत संघ इलामको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा इलामका बचत तथा ऋण सहकारी संस्थाहरुका लागि ऋण जोखिम व्यवस्थापन र कानुनी प्रकृया सम्बन्धी तालिम प्रदान गरिएको छ । तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका ऋण शाखामा कार्यरत कर्मचारी  र व्यवस्थापक गरि ४० जनाको सहभागिता रहको थियो । 

तालिम जिल्ला बचत संघ इलामका कार्यवहाक अध्यक्ष मन न्यौपानेको अध्यक्षता, नेफ्स्कून अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता, नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीको विशेष आतिथ्यता, जिल्ला सहकारी संघ इलामका अध्यक्ष लिलाप्रसाद थापा, इलाम नगरपालिका वडा नं. ६ सदस्य प्रेम राई र राष्ट्रिय सकारी वैंक इलाम शाखा प्रमुख मनोज लामिछानेको आतिथ्यता रहेको थियो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले इलामको साकोस अभियानलाई थप दिगो र सुरक्षित बनाउन नेफ्स्कूनले सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । हरेक पालिकामा नमूना साकोस बनाइ प्रकृतिको अनुपम इलामलाई साकोसको नमूना जिल्ला बनाउने अभियानमा सबैलाई लाग्न समेत अध्यक्ष पौड्यालले अनुरोध गर्नु भयो । अवको आवश्यकता नेतृत्वको साझा बुझाइ सहितको ऐक्यवद्धता हो र सो को कार्यान्वयन साकोस अभियानबाट पूर्ण रुपमा हुनु पर्ने भएकोले सबैले कार्यान्वयन गर्नु पर्ने लगायतका विषयमा आफ्नो धारणा राख्नुभयो । 

तालिम उद्घाटन सत्रमा बोल्ने क्रममा जिल्ला सहकारी संघका अध्यक्ष लिलाप्रसाद थापाले जिल्लाको समग्र सहकारीको अवस्था र विद्यमान समसामयिक समस्याहरुबारे प्रष्ट पार्नुभएको थियो । उहाँले बजारको हल्लालाई एकतावद्ध भएर मात्र सामना गर्न सकिने विचार राख्दै नेतृत्वमा त्यागको भावना सहति जिम्मेवारी बाडफाड गरी सोहि अनुसार कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीले साकोस अभियानमा हाल देखिएका समस्याहरुको चर्चा गर्दै नियामक निकायमा क्षमता विकासको आवश्यकता भएको र सो नेफ्स्कूनले विकास गरी कार्यान्वयनमा ल्याइसकेको आधारशिला कार्यक्रम इलाम जिल्लाका सबै पालिकाहरुमा समन्वय गर्न समेत अनुरोध गर्नु भयो । साकोसहरुको लेखा परिक्षण समेत एकरुपता नभएको र केहीमा शुद्धता समेत नदेखिएको हुदा नेतृत्वले विशेष ध्यान पुर्याउन समेत अनुरोध गर्नु भएको थियो । बचत संघ चुस्त, दुरुस्त र सक्षम बनाउन सबैको उत्तिकै भूमिका भएकोले नेफ्स्कूनले गर्नु पर्ने सहयोगका लागि सधैँ तयार रहेको बताउनुभयो । हरियाली सहितको इलामलाई नमुना सहकारीमार्फत सुसज्जित बनाएर देशभरिका सहकारीकर्मीहरुको आकर्षक सहकारी भ्रमण केन्द्र बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । 

जिल्ला बचत संघका कार्यवहाक अध्यक्ष मन न्यौपानेले उद्घाटन सत्र समापन गर्नुभएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला बचत संघका सचिव कृष्णबहादुर बस्नेतले गर्नु भएको थियो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र