सोमबार, जेठ ७
०८:१४

महासंघका अध्यक्ष कडेल र सञ्चालक उप्रेति विभूषित

आईतबार, वैशाख ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल र महासंघका सञ्चालक एवम् राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेति सुप्रबल जनसेवाश्री पदकबाट विभूषित हुनुभएको छ । 

त्यसैगरी बागमती प्रदेश सहकारी विभागका पूर्व रजिष्ट्रार नारायणप्रसाद ज्ञवाली पनि सुप्रबल जनसेवाश्री पदकबाट विभूषित हुनुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहका बीच राष्ट्रपति पौडेलले विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट कार्य गर्ने व्यक्तिहरुलाई विभूषण प्रदान गर्नुभएको थियो । 

नयाँ वर्षको अवसर पारेर प्रदान गरिने विभूषण असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको थियो । राष्ट्रपति पौडेलद्वारा ९ सय ८२ जनालाई पूर्व घोषित विभूषण शुक्रबार प्रदान गरिएको थियो । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान तथा विभूषण प्रदान गर्ने उल्लेख छ ।

विभूषित हुने सहकारीकर्मीहरुमा महासंघका अध्यक्ष कडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती, जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.,रुपन्देहीकी अध्यक्ष ज्ञानु पौड्याल र सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्था, ललितपुरकी अध्यक्ष शशी खड्का हुनुहुन्छ भने बागमती प्रदेश सहकारी विभागका पूर्व रजिष्ट्रार नारायणप्रसाद ज्ञवाली पनि सहकारी अभियानमा उत्कृष्ट योगदान गरेबापत विभूषित हुनुभएको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र