सोमबार, जेठ ७
०७:४४

पूर्वमा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया

आईतबार, वैशाख ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

झापा । नेपालको पूर्वि जिल्ला झापाका सहकारीकर्मीहरुसँग सहकारीका समसामयिक विषयमा अन्तरक्रिया गरिएको छ । नेफ्स्कून फिल्ड कार्यालय दमक र सेवा केन्द्र कार्यालय विर्तामोड, झापाको आयोजना वैशाख २ गते सञ्चालित कार्यक्रम नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य एवम् जिल्ला बचत संघ झापाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ६१ जना सहकारीकर्मीहरुको उपस्थिति थियो । 

कार्यक्रममा बोल्दै नेफ्स्कूनका अध्यक्ष पौड्यालले नेतृत्वले फरक र बृहत देख्न सक्नुपर्ने बताउनुभयो । उहाँले कम्तिमा पनि २ वर्षसम्मको व्यक्तिगत र संस्थागत रणनीति बनाएर काम गर्न सकेमात्र जोखिमलाई केही हदसम्म न्युनिकरण गर्न सकिने भएकोले सोही अनुसार गर्नु हुन अनुरोध गर्नुभयो । झापाको साकोस अभियानलाई थप दिगो र सुरक्षित बनाउन नेफ्स्कूनले सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले हरेक पालिकामा नमूना साकोस बनाइ सम्भावनाको उर्वर र अनुपम झापालाई साकोसको नमूना जिल्ला बनाउने अभियानमा लाग्न समेत सबैलाई अनुरोध गर्नु भयो । सहकारी अभियानमा अवको आवश्यकता नेतृत्वको साझा बुझाइ सहितको ऐक्यवद्धता हो र सो को कार्यान्वयन साकोस अभियानबाट पूर्ण रुपमा हुनु पर्ने भएकोले सबैले कार्यान्वयन गर्नु पर्ने भनाई राख्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीले आधारशिला कार्यक्रमको बारेमा प्रष्ट पार्दै जिल्लाका सबै पालिकाहरुसँग समन्वय गरेर सक्षम र दिगो सहकारी निर्माणका लागि काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । नेफ्स्कूनले स्थानीय तहहरुसँगको समन्वयमा सहकारीहरुको जागरण, विकास र प्रवर्धनको काम अगाडि बढाइरहेको छ, अब झापा जिल्लामा पनि आधारशिला कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहसँगको सहकार्य अघि बढ्नुपर्ने बताउनुभयो । 

नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य एवम् जिल्ला बचत संघ झापाका अध्यक्ष तुलाराम न्यौपानेले नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरणका कार्यक्रम र आधार तहको कार्यक्रमको रुपमा रहेको आधारशिला कार्यक्रमले सहकारी क्षेत्रको गुणस्तर विकास र सुशासन अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेफ्स्कूनको विगत, वर्तमान र भविष्य समेटिएको प्रस्तुती कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले गर्नु भएको थियो । कार्यक्रमको व्यवस्थापन नेफ्स्कून फिल्ड कार्यालय दमक र सेवा केन्द्र कार्यालय विर्तामोड, झापाका कर्मचारीहरु साथै जिल्ला बचत संघ झापाका कर्मचारीहरुले गर्नु भएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र