मंगलबार, जेठ ८
०३:००

सहकारी अभियन्ता पौड्याललाई सुप्रबल र खड्कालाई प्रबल जनसेवाश्री सम्मान

शनिबार, वैशाख २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सहकारी अभियन्ता ज्ञानु पौड्याल सुप्रबल जनसेवाश्री पदक र शशी खड्का प्रबल जनसेवाश्री पदकबाट सम्मानित हुनुभएको छ । 

सहकारी अभियन्ता पौड्याल जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. रुपन्देहीकी अध्यक्ष, भ्रष्टाचार विरुद्दको नागरिक निगरानी संस्था, रुपन्देहीकी अध्यक्ष र बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष सञ्चालन समितिकी सदस्य समेत हुनुहुन्छ । विगत लामो समयदेखि सहकारी अभियानकर्मीको रुपमा क्रियाशिल पौड्यालले समाजसेवा र महिला सशक्तिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ । त्यसैगरी सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्था लि. ललितपुरकी अध्यक्ष खड्का सहकारीमार्फत सामाजिक रुपान्तरण र महिला सशक्तिकरणको अभियानमा निरन्तर क्रियाशिल हुनुहुन्छ । उहाँ ललितपुर जिल्ला सहकारी संघकी उपाध्यक्ष समेत हुनुहुन्छ । 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट कार्य गर्ने ९ सय ८२  व्यक्तिहरुलाई पूर्व घोषित विभूषण प्रदान गर्नुभएको थियो । 

नयाँ वर्षको अवसर पारेर प्रदान गरिने विभूषण असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको थियो । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान तथा विभूषण प्रदान गर्ने उल्लेख छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र