मंगलबार, जेठ ८
०३:२४

तेह्रथुमको म्याङलुङमा सदस्यसँग नेफ्स्कून कार्यक्रम 

बुधबार, चैत्र २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

तेह्रथुम । म्याङलुङमा सहकारीका समसामयिक विषयमा सहकारीकर्मीहरुबीच अन्तरक्रिया गरिएको छ । नेफ्स्कूनको आयोजना र जिल्ला बचत संघ तेह्रथुमको व्यवस्थापन सहकार्यमा चैत्र २७ गते सञ्चालित कार्यक्रममा जिल्लाभरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ६० सहकारी अभियानकर्मीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रम जिल्ला बचत संघ तेह्रथुमका अध्यक्ष ताराप्रसाद भट्टराईको अध्यक्षता, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको विशेष आतिथ्यता साथै नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारी, जिल्ला सहकारी संघ अध्यक्ष छत्रप्रसाद रिमालको आतिथ्यतामा सम्पन्न भएको थियो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले नेतृत्वले फरक र बृहत देख्न सक्नु पर्ने बताउदै कम्तीमा २ वर्षसम्मको व्यक्तिगत र संस्थागत रणनीति बनाएर काम गर्न सकेमा मात्र जोखिमलाई केही हदसम्म न्यूनिकरण गर्न सकिने बताउनुभयो । उहाँले सहकारीका विद्यमान समस्याको दीर्घकालिन समाधानका निमित्त कर्जा सुचना केन्द्र र ऋण असुली न्यायाधिकरणको विषयले छिट्टै पूर्णता प्राप्त गर्ने जानकारी गराउनुभयो । अवको आवश्यकता नेतृत्वको साझा बुझाइ सहितको ऐक्यवद्धता हो र सो को कार्यान्वयन साकोस अभियानबाट पूर्ण रुपमा हुनु पर्ने भएकोले सबैले कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो । 

अन्तक्रियाको क्रममा नेफ्स्कून सञ्चालक घनश्याम अधिकारीले साकोस अभियानमा हाल देखिएका समस्याहरुको चर्चा गर्दै नियामक निकायमा क्षमता विकासको आवश्यकता रहेको बताउनुभयो । उहाँले संघले विकास गरी कार्यान्वयनमा ल्याएको आधारशिला कार्यक्रम तेह्रथुम जिल्लाका सबै पालिकाहरुमा समन्वय गर्न समेत अनुरोध गर्नु भयो ।

जिल्ला बचत संघका अध्यक्ष ताराप्रसाद भट्टराईले सहकारीका विविध समस्याहरुका बिषयमा सहकारीकर्मीहरु बीच हुने अन्तरक्रिया र छलफलले सहकारी सञ्चालनमा सहजता ल्याउनुका साथै सकारात्मक सोच विकास हुने बताउनुभयो । केन्द्रीय र जिल्लास्तरीय छाता संघहरुको भूमिकामा अझ प्रभावकारिता ल्याउन समेत यस्ता कार्यक्रमहरु सुझाव संकलनको आधार बन्ने स्पष्ट पार्नुभयो । 

कार्यक्रममा नेफ्स्कूनको विगत, वर्तमान र भविश्य समेटीएको प्रस्तुती कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला बचत संघका कोषाध्यक्ष दिलबहादुर लिम्बुले गर्नु भएको थियो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र