सोमबार, जेठ ७
०९:४८

सुनसरी बचत संघको निर्वाचन सम्पन्न, योगमाया सुवेदीको अध्यक्षतामा नयाँ समिति निर्वाचित

बुधबार, माघ ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

इटहरी । सुनसरी जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आज सम्पन्न निर्वाचनले योगमाया सुवेदीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र २ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ । 

सञ्चालक समितिको अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समिति संयोजक पद निर्विरोध निर्वाचित भएका हुन् भने अन्य पद र सञ्चालक समिति सदस्यहरुमा निर्वाचन भएको हो । 

समितिको अध्यक्षमा योगमाया सुवेदी, बरिष्ठ उपाध्यक्ष प्रल्हाद दाहाल, महिला उपाध्यक्ष ममता शाक्य, सचिव गोमा कुमारी गिरी, कोषाध्यक्ष मिलन त्रिताल, महिला सदस्यहरुमा क्रमशः  भिममाया लिम्बु, कलाबती देवी दुलाल, विमला भुजेल र टिकादेवी पौडेल निर्वाचित हुनुभएको छ । त्यसैगरी खुला सदस्यतर्फ उमेश पौडेल, सन्दिप पौडेल, मान बहादुर मगर, उद्धव बहादुर लिम्बु, बद्री कुमार बुढाथोकी र अफिसर सुयल निर्वाचित हुनुभएको छ । 

त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा इश्वरी प्रसाद पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ भने एक सदस्यमा अग्नी प्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । 

लेखा सुपरिवेक्षण समितिको सदस्यमा एक पद उम्मेदवारी नपरेका कारण खाली रहेको छ ।  

संघले पौष २९ गते १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र