सोमबार, जेठ ७
०७:२५

प्रोबेसन प्रारम्भिक समिक्षा,  सुरक्षित र गुणस्तरयुक्त साकोस निर्माणको अभियानमा जोडिन आग्रह

मंगलबार, माघ ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । । राष्ट्रिय स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा आबद्ध र आबद्धताको प्रक्रियामा रहेका विभिन्न जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका लागि प्रारम्भिक समिक्षा तथा अभिमुखीकरण सम्पन्न भएको छ । आज संघको केन्द्रीय कार्यालयमा आयोजित अभिमुखीकरणमा काठमाडौं र नुवाकोटका विभिन्न ९ बचत तथा ऋण सहकारी संस्थाबाट १८ जनाको सहभागिता रहेको थियो ।  

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष परितोष पौड्यालले सहकारीको सुनिश्चित, सुदृढ र गुणस्तरयुक्त भविष्य निर्माणका लागि स्तरीकरण कार्यक्रम अपरिहार्य रहेको बताउनुभयो । नेफ्स्कूनले स्तरीकरण कार्यक्रमलाई सरकारसँगको साझेदारीमा टाइअप गरेर अगाडि बढ्ने विषयमा पहल गरिरहेको र सो विषय अन्तिमा टुङ्गोमा प्रवेश गरिसकेको उहाँले स्पष्ट पार्नुभयो । साकोसको सुरक्षा कवचको रुपमा रहेको स्थिरीकरण कोष कार्यान्वनमा आएसँगै अब अभियान र सरकार दुवै पक्षले सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थालाई स्तरीकरण अभियानमार्फत एकसुत्रमा उन्ने संकल्प गरिरहेको चर्चा गर्नुभयो । 

संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले दिगो र सुशासित संस्था निर्माणका लागि स्तरीकरण र स्थिरीकरण एकसाथ अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । सुरक्षित र गुणस्तरयुक्त साकोस मात्र स्थिरीकरण कोषमा आबद्ध हुन सक्ने हुँदा साकोसको गुणस्तर सुधार नै प्रमुख रहने उहाँले बताउनुभयो । 

संघका सहायक कार्यकारी अधिकृत एवम् सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले प्रोबेसन कार्यक्रम नै सहकारी संस्थालाई सुशासनको मार्गमा डोहोर्याउने कार्यक्रम रहेको र यसमा आबद्ध धेरै सहकारी संस्था गुणस्तर प्रमाणिकृत भएको स्पष्ट पार्नुभयो । 

कार्यक्रम सहजीकरण संघका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो । उहाँले कार्यक्रमको महत्व, आबद्धताको प्रक्रिया, साकोसले पालना गर्नुपर्ने सूचक तथा मापदण्ड र गुणस्तर प्रमाणीकरणका लागि कार्यक्रमका सूचकहरुमा गरिने स्कोरिङ प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । कार्यक्रम आवद्धताले तत्कालिन नभएर भविष्यमा संस्थालाई कसरी सुरक्षित र दिगो बनाउन सकिन्छ भन्ने उद्देश्य बोकेको स्पष्ट पार्नुभएको थियो । 

नेफ्स्कूनले सदस्य संस्थाहरूको गुणस्तर सुनिश्चत गरी स्तरीकरण मार्फत सुरक्षित संस्था विकास तथा दीगो अभियान निर्माणका लागि सञ्चालनमा ल्याएको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा सदस्यहरुको आबद्धता बढ्दै गएको छ । २०६९ सालदेखि कार्यान्वयनमा रहेको प्रोवेसन कार्यक्रममा हालसम्म २ सय ४६ साकोस आबद्ध छन् भने विभिन्न समयमा गरि ४० भन्दा बढी साकोस स्तरीकरण प्रमाणीकृत हुन समेत सफल भएका छन् । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र