सोमबार, जेठ ७
०८:२५

सुदूरपश्चिम प्रदेश बचत संघको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

मंगलबार, माघ ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कैलाली ।  सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ लि. को दोस्रो वार्षिक साधारणसभा पौष ३० गते शनिवार कैलालीमा सम्पन्न भएको छ । 

सुदूरपश्चिम प्रदेश बचत संघका अध्यक्ष माधव प्रसाद जोशीको अध्यक्षतामा भएको साधारणसभामा सुदूरपश्चिम प्रदेश रजिष्ट्रार कार्यालयका प्रतिनिधि देब राज पन्तको प्रमुख आतिथ्यतामा सभाको उद्घाटन भएको थियो । 

सभामा नेफ्स्कूनका फिल्ड ब्यवस्थापन उप समिति सदस्यहरू क्रमशः भुपेन्द्र थापा, सुरत बहादुर बोगटी, जगदिश प्रसाद भट्ट, जिल्ला बचत संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्द, सुदूरपश्चिम थोक उपभोक्ता बिशिष्टिकृत सहकारी संघका महासचिव मनमोहन बिष्ट, नेफ्स्कून सेवा केन्द्र कार्यालयका प्रतिनिधि देविका क्षेत्री लगायत अन्य सहकारी अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

साधारणसभामा प्रमुख अतिथि देब राज पन्त, बिशिष्ठ अतिथि भुपेन्द्र थापा र  मनमोहन बिष्टले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमा संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष माधव प्रसाद जोशीले प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले पेश भएका प्रतिवेदन सर्बसम्मतिले पास गरेको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र