मंगलबार, जेठ ८
१२:२५

पाल्पा जिल्ला बचत संघको २३औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः जगदीश भट्टराई सर्वसम्मत

सोमबार, माघ २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

पाल्पा । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पाल्पाको २३औं वार्षिक साधारणसभा तथा ७औं अधिवेशन पौष ३० गते शनिबार सम्पन्न भएको छ । सभाले जगदीश भट्टराईको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र भेषराज सुवेदीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्मसम्मत निर्वाचित गरेको छ । 

समितिको उपाध्यक्षमा तुल्सीराम भूसाल, सचिवमा धनबहादुर रायमाझी, कोषाध्यक्षमा विन्दु थापा निर्वाचित हुनुभएको छ । सञ्चालक सदस्यहरुमा सीता घिमिरे, लक्ष्मी न्यौपाने, रेनु लम्साल, पूर्णबहादुर भण्डारी, मधुदयाल सैजू, मोतिलाल अधिकारी र धातानन्द बस्याल निर्वाचित हुनुभएको छ । 

त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा भेषराज सुवेदी र सदस्यहरुमा दिपक न्यौपाने र मदनलाल बज्राचार्य निर्वाचित हुनुभएको संघकी व्यवस्थापक ईश्वरी देवी कोइरालाले जानकारी गराउनुभयो । 

जिल्लाको बचत तथा ऋण सहकारी अभियानको विकास तथा प्रवर्धनमा निरन्तर लागिरहने अध्यक्ष भट्टराईको पत्रकारिता क्षेत्रमा समेत राम्रो दख्खल रहेको छ । अध्यक्ष भट्टराई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को सूचना तथा सञ्चार उपसमिति सदस्य समेत हुनुहुन्छ । 

संघमा हाल ६४ संस्था आवद्ध छन् । एकीकरण पश्चात भने आवद सदस्य संस्था ६१ पुगेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र